Logo
१३ बैशाख २०८१, बिहीबार
(September 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम उपाध्यक्षमा पशुपती शर्मा निर्बिरोध

fb_img_1474849651947काठमाडौ   नेपाली लोक संगीतकर्मीहरु को छाता संगठन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को छैठौ महाधिवेशन काठमाडौ प्रज्ञाप्रतिष्ठानमा चलिरहेको छ। असोज ८ र ९ गतेकोमाहोल हेर्दा लाग्दथ्यो कुनै राजनैतिक पार्टीको चुनाब भन्दा कम थियन ।   शुभचिन्तकहरु आफ्नै मनपर्ने उम्मेदवारको खुलेरै प्रचारप्रसारमा निकै उत्साहित देखिन्थे भने कोहि निरुत्साहित पनि ।

अग्रज कलाकार नेतृत्व सक्षमको हातमा नजानेपो हुन कि भनेर चिन्तित पनि देखिन्थे । अध्यक्ष पदका उम्मेदवारी बद्री पङ्गेनी, बिष्णु खत्री,र टिकाराम चपाईको त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ।
९ गते बिहानै देखी कार्यतालिका मा भने कार्यक्रम शुरु हुन सकेन त्यसैले समयाबधीमा समापन गर्न भने हम्मेहम्मे देखिन्छ ।
बेलुकी सम्म सबै पदका लागी उम्मेदवारी दर्ता भइसकेको र उम्मेदवारीको अन्तिम नमावली पनि प्रकाशित भएको छ ।  सबै पद गरेर ३९ जना आवश्यकमा ६९ जना को उम्मेदवारी परेको छ ।
लोकदोहोरी गायक पशुपति शर्मा संग प्रतिस्पर्धा गर्ने हिम्मत अरु कसैले नगरेको कारण शर्मा निर्बिरोध प्रथम उपाध्यक्षमा निर्वाचित भएका चान भने महिला उपाध्यक्षमा रिता थापामगर,महिला सचिबमा राधिका हमाल,कोषाध्यक्षमा दिपक खड्का र प्रादेशिक संयोजक हरु पनि निर्बिरोध निर्वाचित भएका छन ।
आज सकिदै छ ।

प्रकाशित मिति: Sep 26, 2016

प्रतिक्रिया दिनुहोस्