Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीतकार डिल्लीरामको ‘उपमा’ सार्वजनिक

dilliram-pic-1रोशन मेवाहाङ्ग, लण्डन । आश्फोड केन्टस्थित नर्थ स्कुलको सभाहलमा “हिजो थियौ तिमी, मेरी प्रिय साथि” बोलको म्युजिक भिडियो तथा गीति एल्बम ‘उपमा’ सार्वर्जिजक गरेका छन् ।

गीतकार डिल्लीरामको पहिलो गीति एल्बम ‘उपमा’ सार्वजनिक समारोहमा किराँत राई यायोक्खा नेपालको पूर्व अध्यक्ष तथा प्राध्यापक सुमाया राईले सभापतित्व गरेकी थिईन् । उक्त  कार्यक्रमका प्रमुख अतिथि आश्फोड सगरमाथा नेप्लीज कम्युनिटीका अध्यक्ष भाष्कर तितुङ तथा विभिन्न संघ संस्थामा आवद्घ अतिथिहरुले सयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।

लामो समय देखि विदेशी भूमिमा रहेपनि नेपाली साहित्य र संगीत साधनामा कलम चलाउँदै आएका गीतकार डिल्लीरामले यसअघि किराँत राई सांस्कृतिक मंन्चद्घारा निर्मित सांस्कृतिक भावना बोकेको एल्वम आम्लावुङ (सुनखरी फुल)मा पहिलो गीत ‘कति दिन पर्खे’ गायिका आभा मुकारुङ र गायक बालन्द राईको स्वरमा र ‘जीन्दगीको गोरेटोमा’ बोलको शव्दरचना एल्वम ‘अलग उपहार’मा चर्चित गायिका मेलिना राई र युवा गायक रेवत राईको आवाजमा सार्वजनिक गरी सकेका छन् ।

प्रमुख अतिथि लगायत विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरु एवम स्रष्टाहरुद्घारा सयुक्त विमोचन गरिएको एल्बम ‘उपमा’ विमोचन समारोहलाई औपचारिक रुपमा साहित्यकार विरु मुकारुङले कार्यक्रम संन्चालन गरेका थिए ।

बेलायतमा बसोबास रहेका चर्चित गीतकारहरु ईश्वर चाम्लिङ, भुमिराज राई , मुकेश राई, निलम आङबुहाङ,संजिब राई र जानु कामबाङले एल्वम ‘उपमा’ को प्रसंशा गदै  प्रवासमा रहेर पनि नेपाली गीत संगीत प्रतिको योगदान एवम जर्गेना गर्दै आम नेपाली श्र्रोताहरु माँझ एल्वम सार्वजनिक गर्नुु भएकोमा शुभकामना दिएका थिए ।

विमोचन कार्यक्रमलाई साहित्यकार मुकारुङले उद्घोषण गदै बेलाबेला जिवनका समसामयिक कुरालाई भावनात्मक शैलीमा पस्किएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराई रहेका थिए । गोर्खालीहरू कठोर बन्दुकमा मात्र होइन् कलम र सृजनात्मक कार्यमा पनि अगाडी भएकाले लाहुरे परिवार हुनमा गर्व गर्नु पर्ने भावना पोखेका थिए । त्यति मात्र होईन् वर्तमान नेपाली संगीत कर्मिहरुलाई लाहुरेहरुको साथ र सहयोग भईरहेकोमा दुईमत नहोला । जसको एउटा हिस्सा गितकार डिल्लीराम राईको यस कार्यले पनि प्रस्ट पार्दछ ।

नेपालको खोटाङ जिल्ला दिक्तेलमा जन्मिएका गीतकार राई व्रिगेड अफ गोर्खाज अन्र्तगत दोश्रो गोर्खा रेजिमेन्टमा दुई दशक अघिबाट कार्यरत छन् । बेलायतबासी सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु,जातिय संस्थाका प्रतिनिधी लगायत पत्रकार बन्धुहरु र एल्बमसँग सम्बन्धित गायक,  तथा प्राविधिक समुहलाई गीतकार डिल्लीरामले धन्यवाद प्रकट गदै विमोचन समारोहमा राईले भने ‘यो एल्वम विमोचन गर्न पाएकोमा म धेरै खुसी र गर्ववान्वित छु । म सधैं स्रोताहरुबाट न्यानो माया र साथ पाईरहने अपेक्षा राखिरहने उनले बताए ।

उत्कृष्ट गीतकार हेमकुमार राईले एल्बम ‘उपमा’ को समिक्षा गदै कलाकार,साहित्यकार देशका गहना मात्र होईन राष्ट्रको अंगको रुपमा लिनु पर्ने बताउर्दै एल्बम ‘उपमा’ को सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त विमोचित एल्बममा ‘सपनाको संन्सार’, ‘हिजो थियौ’, ‘हासो रहेछ माया’, ‘तिमी हौ जीवन मेरो’, लडाईको मैदानमा’ र ‘तिम्रो मुहारमा’ बोलका आधा दर्जन गीतहरु समाविष्ट छन् । जसमा डिल्लीरामको एकल शव्दरचना र गायक गंगाराज राईले एकल संगीत तथा स्वर भरेका छन् ।
कार्यक्रममा एल्बमको चर्चित गीत “हिजो थियौ तिमी मेरी प्रिय साथि, तिम्रो यादहरु छन् अझै बाकी” बोलको  म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । प्रियतमको विछोडमा जीवनलाई सधै प्रियसीको यादमा समर्पण गरीएको उक्त वियोगान्त गीतमा गीतकार राईले आफुलाई स्थापित गीतकारको रुपमा नेपाली सांगीतिक धरातलमा पहिलो कोसेली स्वरुप दर्शक स्रोता माँझ पस्केका छन् । भिडियोको निर्देशन निकेस खड्काले गरेका छन् भने मोडल एलिसा राई र आकाश श्रेष्ठले लिड रोलमा अभिनय गरेका छन् ।

प्रकाशित मिति: Sep 26, 2016

प्रतिक्रिया दिनुहोस्