Logo
१३ बैशाख २०८१, बिहीबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडाका ७२ वर्षीय अर्बपति २० महिनादेखि नेपाली जेलमा

jail-1

काठमाडौं ८ असोज । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्अघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् । राम्रो काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका छन् ।

अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो । तिनै म्याकोन्टोस ४ पुस २०७१ मा ललितपुरबाट पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतले उनलाई सात वर्ष कैद सजाय सुनाएको छ ।

पुल्चोकस्थित क्याफे ब्राजिल गेष्टहाउमा बस्दै आएका उनले विभिन्न प्रलोभनमा बालकहरुलाई आफ्नो कोठामा लैजाने र अप्रार्कतिक मैथुन गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्