Logo
८ बैशाख २०८१, शनिबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु समुदायबारे बनाइएको ‘झुम्की’ को प्रिमियर 

jhumki-premiere-6
काठमाडौं । दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रको बिहिबार साँझ बिगमुभिजमा प्रिमियर गरिएको छ । सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानी छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।

स्थानीय थारु भाषासमेत प्रयोग गरिएको ‘झुम्की’को कथा रामबाबु गुरुङले लेखेका छन् । चलचित्रमा रिश्मा गुरुङ, दयाहाङ राई, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन् ।

अपिल विष्टले निर्देशन गरेको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ । तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ । रिश्मा चलचित्र ‘कबड्डी कबड्डी’की नायिका छिन् । उनीले चलचित्र ‘झुम्की’मा दवकीको भूमिका निर्बाह गरेकी छिन् । उनी भने पोखरामा व्यस्त रहेको कारण अनुपस्थित रहिन् ।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्