Logo
२९ बैशाख २०८१, शनिबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–पाकिस्तानवीच तनाव: यूद्धको तयारी !

indo-pak-tension
दिल्ली, बीबीसी । भारत प्रशासित कस्मिरको उडी सेक्टरमा रहेको भारतीय सेनाको क्यम्पमा भएको हमलापछि भारतलगायत अन्तर्राष्ट्रिय स्तरमा कडा प्रतिक्रियाहरु आइरहेका छन् । पाकिस्तानले हिजो राती युद्धके रिहलसिहल समेत गरेको छ । यसक्रममा उस्ले हाक्ष्वेमा फाइटर प्लेन चार्टड गरी राती २ घण्टा जती अकाशमा रिहलसिहल समेत गरेका हुन । पाकिस्तानी पत्रकार हामिद मिरले टवीट गरेर पाकिस्ताले फाइटर बिमानबाट रिहलसिहल गरेको दावी गरेका छन । यो दावीसगै भारतिय टेलिभिजन मिडियामा यसै खबरले कब्जा जमाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस हमलालाई कायरतापूर्ण कारवाही भन्दै ट्विट गरेका छन्– ‘यो हमला जसले गराएको भए पनि तिनीहरुलाई सजाय अवश्य मिल्ने छ ।’ यस हमलामा १८ सैनिक र ४ हमलाकारी मारिएका थिए ।यो हमलापछि बहस सुरु भएको छ कि भारतसँग के–के विकल्प छन् ।

यस्ता छन् भारतीय रक्षा र सामरिक मामलाका केही विशेषज्ञहरुको रायः

कपिल काक, रिटायर्ड एयर वाइस मार्सल

भारत प्रशासित कस्मिरको उडीमा भएको हमला पछि भारत र पाकिस्तान दुवै तर्फबाट कडा बयान आउने छन्, तर तत्काल दुवै देशबीच युद्धको सम्भावना छैन ।’

राहुल वेदी, रक्षा विशेषज्ञ

‘सेना अहिले भएको हमलाको जवाफ दिन आतुर छ । यसले परमाणु हतियारले सुसज्जित दुवै छिमेकीबीच तनाव बढ्ने छ ।’

अजय शुक्ला, रक्षा विशेषज्ञ

‘मोदी सरकारले पाकिस्तानको विरुद्ध कुरा त गर्छ तर उसलाई जवाफ दिनका लागि सैनिक शक्ति हासिल गर्ने दिशामा केही गरेको छैन ।’

प्रताप भानु मेहता, सेन्टर फर पोलिसी रिसर्च

‘रणनीतिक संयमको नीतिले भारतलाई फाइदा भएको छ । यो हमलाले पाकिस्तान कठघरामा हुने छ र संयुक्त राष्ट्र महासभामा कस्मिरमाथि उसले जुन दबाब बनाएको थियो त्यसको हावा निस्किसक्यो ।’

ब्रह्मा चेलानी, रणनीतिक मामला विशेषज्ञ

‘भारतले पाकिस्तानका विरुद्ध आर्थिक प्रतिबन्ध लगाउने र उसलाई आतङ्क बढाउने देश घोषित गराउने लबिङ गर्नुपर्छ ।’

क्रिस्टिन फेयर, साउथ एसिया एक्सपर्ट

‘संयुक्त राष्ट्रमा बलोचिस्तानको मुद्दा उठाउँदा भारतलाई कुनै फाइदा हुदैन किनभने यसबाट मान्छेलाई के लाग्ने छ भने भारत आफ्नो क्षेत्रमा आपसी झगडामा लागेको छ । भारतले आफ्नो ध्यान कस्मिरमाथि केन्द्रित गर्नु पर्छ न कि बुलुचिस्तान ।’

मारुफ रजा, रक्षा विशेषज्ञ

‘भारत र पाकिस्तान परमाणु हतियार सम्पन्न राष्ट्र हुँदा पनि कारगिल युद्ध भयो । परमाणु हतियार हुँदा पनि पूरा लडाइँ नलडे पनि सानासाना फौजी कारवाही गर्न सकिन्छ र पाकिस्तानलाई जवाफ दिन सकिन्छ ।’

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्