Logo
६ बैशाख २०८१, बिहीबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्लादेशमा बारम्बार दुर्घटना: डुङ्गा दुर्घटनामा परी १८ को मृत्यु

durghatna

ढाका । बङ्लादेशको बरीसाल जिल्लाको सोन्धामा अवस्थित एक नदीमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १८ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट १६९ किलोमिटर दक्षिणमा रहेको बरीसाल जिल्लामा भएको यस दुर्घटनामा अन्य ८ जना अझै बेपत्ता रहेका छन् ।

समाचारमा यात्रुहरूले खचाखच भरिएको डुङ्गा पल्टिँदा ३० जना बेपत्ता भएको जनाइएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ११ः३० मा यस डुङ्गा दुर्घटनामा बिहीबार ४ बालबालिकाको शव भेटिएपछि सो सङ्ख्या १८ पगेको जिल्ला प्रहरी प्रमुख एसएम आक्तारुजामानले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

दुई महिला, ६ बालबालिका र आठ पुरुषको शवलाई जलक्षेत्रबाट निकालिएको अधिकारीहरूले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजीका लागि उद्धारकार्य जारी रहेको छ । सो डुङ्गामा क्षमताभन्दा बढी ७० देखि ८० जनासम्म यात्रु रहेका हुनाले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

बङ्लादेशमा बारम्बार यस्ता दुर्घटना भइरहेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउने कारणले गर्दा हरेक बर्ष सयौँको मृत्यु हुने गरेको छ । गत वर्ष फेब्रुअरीमा भएको डुङ्गा दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो । रासस – सिन्ह्वा

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्