Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी पत्रकारहरु भए प्रेस काउन्सिलबाट पुरस्कृत

journalist

काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालले दर्जनौं पत्रकारलाई सम्मान गरेको छ । आफ्नो ४७ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न विधामा गरि ३१ जना पत्रकारहरुलाई प्रेस काउन्सीले पुरस्कृत गरेको हो । शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले विहीबार पत्रकारहरुलाई सम्मान गरिन् । सम्मानित हुनेमा गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित भए । यो पुरस्कारको राशी १ लाख पाँच हजार रुपैयाँ रहेको छ ।

आचार्य हाल प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार छन् । उनी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत हुन् । त्यस्तै, १ लाख पाँचहजार रुपैयाँ राशीकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परशु घिमिरे सम्मानित भएका छन् । यस्तै, प्रेस काउन्सील आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकले पाएको छ । आचारसंहिता पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । त्यस्तै, साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई प्रदान गरिएको छ ।

यसैगरी स्तम्भलेखन पुरस्कार कृष्णमुरारी ढुंगेल, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगीले पाएका छन् । भने भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङछाले पाएका छन् । साहित्यिक, स्तम्भलेखन र भाषागत पुरस्कारको राशी १५/१५ हजार रुपैयाँको छ । त्यस्तै महिला सशक्तिकरण पुरस्कार कविता थापा, मनिषा श्रेष्ठ महरा र दुर्गा भण्डारीले पाएका छन् । सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार चार जनालाई दिइएको छ । यो विधाको पुरस्कार पाउनेहरुमा महेश दास, डा. राजेश अहिराज र देवराज (डिआर) पन्त र पवन आचार्य रहेका छन् ।

लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतिराम तिमल्सेना र रिषव गौतमलाई पुरस्कृत गरिएको छ । क्रियाशील पत्रकारिता पुरस्कारबाट शेखर अधिकारी, प्रदिपराज वन्त र विनोद शाहीलाई सम्मान गरिएको छ । महिला सशक्तिकरण, सशक्त सञ्चारकर्मी, समावेशी, युवा सशक्तिकरण, लेखन र क्रियाशील पत्रकारिता पुरस्कारको राशी जनही १०/१० हजार रुपैयाँ छ ।

समावेशी पत्रकारिता पुरस्कार पाउने पत्रकारहरु ६ जना छन् । शितल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, रोशन सावाँ, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरीलाई यो पुरस्कार दिइएको छ । युवा सशक्तिकरण पुरस्कारबाट उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भुवन शर्मा र श्यामसुन्दर यादवले पाएका छन् ।

प्रेस काउन्सीलले वर्षको उत्कृष्ट कर्मचारीबाट दुई जना कर्मचारी सम्मानित भएका छन् । सूचना प्रविधि अधिकृत रामशरण बोहोरा र कार्यालय सहयोगी श्यामबाबु महर्जनलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । बोहोराले २० हजार र महर्जनले १५ हजार रुपैयाँ पाएका छन् ।

kisor-srt

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्