Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुंगा चड्दा सप्तकोशीमा अनिबार्य लाईफ ज्याकेट

फाइल फोटो
फाइल फोटो

धरान/अब सप्तकोशी नदीमा डुङगा चड्दा अनिबार्य लाईफ ज्याकेट लाउनु पर्ने भएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा डुंगा चढ्ने यात्रुहरुलाई लाइफ ज्याकेट अनिवार्य लगाउने र यात्रुको बिबरण समेत राख्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले लाइफ ज्याकेट लगाएरमात्रै यात्रा गर्नुपर्ने र अनिवार्य राख्नुपर्ने निर्णय गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलले बताएका छन् । तिन बर्ष अगाडि पनि डुङगा दुर्घटना भएपछि प्रशासनले अनिबार्य लाइफ ज्याकेट लगाउने ब्यबस्था मिलाउने निर्णय गरेको थियो ।

तर त्यो कार्यान्वयन हुन सकेन । गत शनिबारपनि फेरी अर्को डुङगा दुर्घटना भएपछि प्रसाशनले पुरानै निर्णयलाई निरन्तरता दिएको छ ।शनिबार भएको दुर्घटनामा ९ जना अझै बेपत्ता भएका छन् । २०६४ सालमा श्रीलङका टापुबाट राजवास तर्फ आउदै गरेको डुङगा पल्टिँदा ३२ जना वेपत्ता भएका थिए । उनीहरुको अबस्था अहिलेपनि अज्ञात छ ।

त्यसपछि २०७० साल साउनमा चतराघाटमा फेरि डुंगा दुर्घटना भएको थियो ।सप्तकोशीको भंगालोले चारैतिर ढाकेको श्रीलंकाटापुमा दुइहजार बढि परिवारको बसोवास छ । त्यहाँका बासिन्दाहरु डुङगा चडेर कोशी नदि पार गर्दै आएका छन् ।

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्