Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानैदेखि नेपालका मदिरा पसलमा भारतीयको भीड

madira
काठमाडौं  ६ असोज  । नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।

भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् । बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् ।

उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् ।विहान १० देखि १२ बजेत्रिै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर फर्किन्छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्