Logo
६ बैशाख २०८१, बिहीबार
(September 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्देवा अब हामी बीच मात्र सम्झनामा सिमित

sanamनेपाली सांगितिक उद्योगमा अतुलनीय छवि बनाएका पप गायक एवं गिटारिस्ट सुनील बर्देवाको निधन भएको  हप्ता  दिन भएको छ । आफ्नो कार्य कौशलले नेपाली श्रोता माझ लोकप्रीय रहेका गायक बर्देवाको पारिवारिक जीवन पनि सरल र सहज भने पक्कै थिएन । गत साल मात्रै उनकी पत्नीको निधन भएको थियो । विहानीमा अनि साँझमा, गोरेटो अनि उस्तै छ गल्ली नामक गीतहरुले संगित उद्योगमा वाह्वाही कमायो, साथै बर्देवालाई अग्रपंतिmमा छलान मार्न पनि सघाउ पुर्यायो । हो, बर्देवा त्यो बेला समस्त श्रोतामाझ लोकप्रीय थिए, गल्ली, तहतप्कामा उनको गीतले युवामाझ आफ्नो स्थान बनाउन सफल भईरह्यो ।

तर, बर्देवा अब हामी बीच मात्र सम्झनामा सिमित छन्, उनको संगित, गीतले उनलाई सदैव हामीबीच अमूर्त बनाएको छ । गायक बर्देवाको संघर्षका गाथाले उनलाई यस घडीमा सम्म आईपुग्न अथक प्रयास र मेहनत गर्नुपर्यो । यसै संघर्षका दौरान बर्देवा आफ्नो पारिवारिक र स्वास्थ्यस्थितिले पनि संगित क्षेत्रबाट टाढा रहेतापनि उनले आफ्नो कर्मलाई सदैव सम्मान गरिरहे ।

अब उनै बर्देवाले एरेन्ज गरेको गितको चर्चा गरौँ । एक सफल एरेन्जरको छवि बनाएका बर्देवाको एरेन्जमेन्ट धेरै नेपाली संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल छ । हजार भन्द बढी गीतको संगीत संयोजन गरिसकेका बर्देवाले एरेन्ज गरेको गीत तथा भिडियो अहिले युटुबमा सर्वाधिक चर्चाको विषय बनिरहेको छ ।

शिव लामिछाने सि वाजको स्वर रहेको तिमी मरेर गएपनि बोलको गीतमा सुनिल बर्देवाको उत्कृष्ट संगीत संयोजन रहेको छ ।  गायक लामिछानेको शब्दरचना मा जडित भिडयोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । उज्ववल ढकालको सम्पादनलाई मूर्तरुप दिएका छन् निर्देशक रोहित बस्नेतले। भिडियोमा जिवन र निशाको अभिनयलाई  देख्न सकिन्छ  ।

प्रकाशित मिति: Sep 22, 2016

प्रतिक्रिया दिनुहोस्