Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोही परे बिच्चलीमा, कोही फोटो सेनमै मस्तः पत्रकारको ‘इनसाइड स्टोरी’

delhi-news-3
नयाँ दिल्ली  । जम्बो टोली सहित भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत बसाईका क्रममा हामीले थुप्रै समाचार लेख्यौ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गएको पत्रकारको हालत के थियो ।कस्तो अवस्थामा थिए प्रधानमन्त्री ‘प्रचण्ड’ सगँ गएका पत्रकारहरु । भ्रमणका क्रममा उनीहरुको भित्रि समस्या के थियो । यो पनि हाम्रा पाठकलाई जानकारी गराउन चाहन्छौं । समाचार बनाउन गएकाहरुको खबर हो यो ।

पत्रकारहरुका घटना क्रम पनि निकै रोचक रहेका थिए । जसलाई इनसाइड स्टोरी भन्दा अन्यथा न होला । सिंगो देशकै कार्यकारी प्रमुख विदेश भ्रमणमा रहेका बेला प्रायः संचारमाध्यमको नजर प्रम र उनीसगै गएका टोलीमाथी हुन स्वाभकि नै हो । त्यसो त उनी सगै गएका संचारकर्मी स्यंव पनि भ्रमण टोली ददस्य सरह कै हैसियतमा थिए ।

तर फरक यति थियो की प्रायः संचारकर्मीहरु निजि खर्चमा गएका थिए र भारत सरकारले उस्लाई सुविधाका नाममा मात्र एउटा पास उपलब्ध गराएको थियो । तर रोचक कुरा के थियो भने अफिसियल मिडिया र अन्य मिडियाकर्मीमा समेत खासै कुनै फरक देखिएको थिएन । अन्य देशहरुमा प्राय अफिसियल मिडिया नै अन्य सम्पुर्ण मिडियाको स्रोत बनेको हुन्छ तर यहाँ त्यस्तो देखिएन प्रधानमन्त्रीको अफिसियल मिडियाकर्मी भई टोलीमा गएका नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समचार समितिका पत्रकार पनि अन्य पत्रकार सरह नै लखर–लखर घुमिरहेको अवस्थामा देखिन्थे ।

एयरपोटमा नै पत्रकारको बिच्चल्लीः

नेपाल एयरलाइन्स, एयर इण्डिया, जेट एर्यवेज, एण्डिगो, लगायतका एयरलाइनसको बिमान चढेर दिल्ली पुगेका पत्रकारहरु एकछिन एयरपोटमै अलपत्र परे र कारण थियो, नेपाली सिम काम नगर्नू, कसैले कसैलाई समपर्क गर्न नपाउनु, कतिपयलाई हिन्दी बोल्न नआउनु, एयरपोटमा सेक्युरेटी टाइट हुनु आदि–आदि । प्रमसगै भारत भ्रमणमा गएकाहरुले समेतलाई थाह थिएन की प्रधानमन्त्रीलाई स्वागत पो कस्ले गरेरछन । अध्यागमनका पदाधिकारीहरुसग भेरिफाई गराईरहेका बेलाबेला एक पत्रकारको अर्को पत्रकारसग प्रश्न थियो ‘साच्चै कस्ले पो पिएमलाई स्वागत गरेछन् ? मोदीले की सुस्माले ?’

अन्योलमा देखिन्थे । मुलतः टेलिकम्युनिकेसनमा समस्या पर्दा पत्रकारहरु एक प्रकारले अलपत्र झै बनेका थिए । दिल्ली स्थित इन्द्रिरागान्धी अन्तराष्ट्रिय एयरपोटको टर्मिनल ३ मा रहेका काउण्टरहरुमा सम्पर्क गर्दा कोहीले २ दिनमा कोही १ दिनमा मोवाइल सिम एक्टिवेट हुने भनेपछि पत्रकारहरु झन तनाववित बनेका थिए ।

मिडिया सेन्टरको नाम–निसान थिएनः
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदा मोदी बसेकै होटेलमा भारतिय दुतावासले मिडिया सेन्टरको स्थापना गरेको थियो । यहाँको सिमले तत्कालै काम नगर्दा पनि मिडिया सेन्टरमा रहेका कम्प्युटर, ल्यापटपबाट पनि वा मिडिया सेन्टरको वाइफाई प्रयोग गरि पत्रकाहरुलाई आ–आफना संचारमाध्यममा सम्पर्क गर्न सहज भएको थियो । तर दिल्ली स्थित त्यस्तो थिएन, न त कुनै मिडिया सेन्टर थियो न कोही पत्रकारलाई प्रधानमन्त्रीको वान टु वान कार्यक्रमबारे केहि जानकारी नै थियो । एर्यपोर्टबाट जैनतेन पत्रकारहरु दिल्लीको ब्राहखम्बा रोड स्थित नेपाली दुतावास आएपनि दुतावासमा रहेको वाइफाइको पासवर्ड समेत कोही पत्रकारलाई कसैले दिन मानेका थिएनन । एक कर्मचारीले अर्का कर्मचारीको नाम देखाउदै वाइफाइको पार्सवर्ड पत्रकाहरुले नपाएपनि पत्रकारहरु निरास बनेका थिए ।

बसाईमा समस्याः

भारतिय सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको निजि सचिवालयका साथै उक्त टोलीमा गएका मन्त्रिहरुलाई जनपथ स्थित राष्ट्रपति भवनमा बस्ने सुविधा मिलाएपनि सोही टोलीमा गएका सांसद, ब्यापारी र संचारकर्मीहरुको टोलीलाई भने होटेल ताजमान सिंहमा बस्ने ब्यवस्था मिलाएको थियो । तर अन्य निजि खर्चमा जाने पत्रकारहरु कहाँ बस्ने कसरी रिर्पोटिङ्ग गर्ने त्यस्को चासो भारतिय दुतावासलाई समेत थिएन । ‘बिल हामि नै तिरौला तर होटल त मिलाई दिनु’ भनेर केहि पत्रकारहरुले भारतिय दुतावासका कर्मचारीहरुलाई आग्रह गरिरहेका देखिन्थे तर दुतावासका कर्मचारीहरुले यस्ले–उस्ले भन्दै पन्छिरहेका देखिन्थे ।

समय बित्दै थियो पत्रकारहरुलाई न्यूज पठाउन नपाएकोमा तनाव पनि बढिरहेको देखिन्थ्यो । तर दुतावासका कर्मचारहिरु ‘टसनमस’को अवास्थामा थियो । झोला दुतावासमा राखी केहि पत्रकारहरु सिम किन्न दुतावास वरीपरी नयाँ सिम किन्न पनि कुदेका थिए तर नेपाल जस्तो सरल तरिकाबाट त्यहाँ सिम पाउन सकिने अवस्था थिएन ।

दुतावासको नजिकै रहेको बङ्गलीबजार स्थित एक जना पंजावीको पसलबाट नेपाली पत्रकारहरुले जम्म १० वटा सिम किने तर त्यो सिम पनि एक्टिभ हुन ६ घण्टा कुर्नुपर्ने बाध्यता थियो । कुनै अर्को यूर्जसले जिम्मेवारी लिनुपर्ने र भेरीफाई भएपछि मात्र सिम एक्टिभ हुने सिस्टम रहेको भारतमा नेपाली पत्रकारहरुको एक दिन सिम तनावमै सकेको थियो ।

फोटो सेसनकै तनावः

बल्ल–बल्ल एक दिनपछि सिम एक्टिवेट भएपछि पत्रकारहरुले रिर्पोटिङ्ग लगत्तै फोटो सेसन र किनमेल तिर लागेका थिए । राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्रीलाई गार्डअफ अनर दिने बेलामा क्यामेरा बाहेक पत्रकारहरुको मोवाइल बाहिर नै राख्नुपर्ने नियम भएकमा कारण पत्रकारहरु एकछिन तनावमा परेका देखिन्थे कारण थियो फोटो खिच्न न पाउनु । गार्डअफ अनर दिनेबेलामा १९ मिनेट अगाडि नै आएका भारतिय प्रधानमन्त्री मोदीसगै पनि फोटो खिचाउने अधिकांस पत्रकारको रहर थियो तर मोवाइल गेटमै रहेको हुदा पत्रकारहरुमाझ उदासी देखिन्थ्यो । ठ्याकै १९ मिनेट ढिलोगरी नेपाली प्रधानमन्त्री त्यहाँ आइपुग्दा भारतिय प्रम टललल घाँममा टपक्क पसिना चुहाउदै प्रम प्रचण्डलाई रिसिभ गर्न पुगेका थिए ।

दाहालसँगै सेनाको सलामी लिने स्थान तिर पत्नी सिता दाहाल पनि लागेपछि भारतिय प्रमले ‘आप इधर बैठिए’ भन्दै सिता दाहाललाई साथमा लग्दै उनका लागि लगाएको कुर्सीसम्म पुराएका थिए । भारतिय प्रधानमन्त्रीले सिता दाहालको हात समाए कुर्चिमा पुर्याएको दृश्य कम रोचक थिएन् । तर ,सोही बिचमा नेपाली पत्रकारहरुलाई त्यसको फोटो खिच्न निकै रहर थियो तर मोवाइल बाहिर गेटमै रहेका कारण त्यो बेला पनि केहि तनावित भएको देखिन्थ्यो ।

कार्यक्रम सकिन बितिकै पत्रकारहरुले मोवाइल लिएर राष्ट्रपति भवन अगाडी फोटो खिच्न तिर लागेका थिए । कसैले सेल्फी त कसैले ग्रुपिङ्ग फोटो गरिरहँदा उनीहरु आएको गाडी समेत छुटेको थियो । गाडी गईसकेपछि अटोमा इण्डिया गेटसम्म पुगेका पत्रकारहरुले त्यहाँ गएर पनि फोटो सेसनमा ब्यस्त भएका थिए ।

किनमेलमा पनि त्यतीकै सोखिन पत्रकारहरुः

मेट्रो ट्रेन चढेर नोयडा पुग्दै आजतक, जि न्यूज, नेर्टवक १८ जस्ता ठुला मिडियाहरु घुमिसकेपछि पत्रकारहरु लोटस टेम्पल र अक्षरधाँम समेत घुम्न भ्याएका थिए भने त्यसपछि पत्रकारहरुको किनमेल तरिका हेर्ने लायकको थियो । दिल्ली स्थित सरोजनी मार्केट पुगेर केही बुढीका लागि त कोही गर्लफेण्डका लागि समेत किनमेन गर्न ब्यस्त भएका थिए । कोहीले कोर्ट पाइन्ट त कोहीले कुर्ता पैजामा सम्म किन्न भ्याएका थिए । काठमाण्डौ भन्दा निकै सस्तोमा पाउने भएपछि होला सायद पत्रकारहरु एटिएमबाट पैसा झिकेर भएपनि लता–कपडा किनमेलमा लागेका थिए । केटाहरुले काठमाण्डौमा पसल नै खोल्ने भए भन्दै एकले अर्काको अलोचना पनि गरिरेको देखिन्थियो । # तस्विर वीरेन्द्र केएमको फेसबुकबाट

delhi-news-1

delhi-news-2

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्