Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्लिएका उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण

uttar-koriya

एजेन्सी । दक्षिण कोरिया- उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ । उत्तर कोरिया सरकारद्वारा सञ्चालित समाचार समिति केसीएनएले लेखेको छ, “पूर्वी अमेरिकातर्फको दूरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउदै छ ।”

स्याटलाइट प्रक्षेपणका लागि उत्तरकोरियाले स्थानीय समयअनुसार बिहान रकेट मेसिनको सफल परीक्षण गरेको स्थानीय अधिकारीले जनाएका छन् । जमिनको सतहमा गरिएको रकेट मेसिनको सफल परीक्षणपछि नेता किम जोन उनले स्याटलाइट प्रक्षेपणका लागि शीघ्र तयारी गर्न वैज्ञानिक र इन्जिनियरलाई निर्देशन दिएका छन् ।

पछिल्लो एक वर्षमा उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणको एक अंशका रुपमा रकेट मेसिनको परीक्षणलाई लिइएको छ ।उत्तर कोरियाले टाढासम्म हान्न सकिने यन्त्र “मिसाइल” लामो समयदेखि देशभित्रै नियमितरुपमा परीक्षण गर्दै आइरहेको छ । उत्तर कोरियाले निरन्तर गरिरहेको न्युक्लियर प्रक्षेपणका सम्बन्धमा चीन र अमेरिकाले संयुक्त राष्ट्र«सङ्घको बैठकमा कुरा उठाउने बताइरहेका बेला अर्को रकेट मेसिन परीक्षण गरेको हो ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्