Logo
७ बैशाख २०८१, शुक्रबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालो पोथीको विशेष प्रदर्शनसगै निर्देशक भाम सम्मानित

2-picअमेरिका ।  अमेरिकाको मेरिल्याड राज्यको ग्रीनबेल्ट शहर । यहि शहर भित्र छ,पुरानो ग्रीनबेल्ट थिएटर जहा“ प्रत्येक दिन अमेरिका लगायत विश्वभरिका पुरस्कार विजेता चलचित्रहरुको प्रदर्शन हुने गर्दछ । यहि थिएटरमा सेप्टेम्बर १८ आइतबार सा“झ अमेरिकाका नेपाली संघ संस्थाका नेतृत्वकर्ताहरु तथा वासिङ्गटन डिसी मेट्रो क्षेत्र (वासिङ्गटन डी.सी.,मेरिल्याण्ड र भर्जिनिया) निवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।

सवैजना भेला भएका थिए, अहिले निकै चर्चामा रहेको कालो पोथि चलचित्रको विशेष प्रदर्शनका लागि । अमेरिका मै आयोजना हुने ओस्कर पुरस्कारका लागि विदेशी भाषा तर्फ प्रतिष्पर्धा गर्न नेपालबाट छनोट भएको कालो पोथिका निर्देशक मिन बहादुर भाम पनि नेपालबाट आइपुगेका थिए । यो अवसर जुराइदिएको थियो, नेपाल अमेरिका फिल्म सोसाइटीले । यो फिल्म सोसाइटी चलचित्रको माध्यबाट नेपाल र अमेरिकाको ज्ञान, कला र संस्कृति जोड्न स्थापना गरिएको बताइएको छ ।

नेपाली राजदुतावास अमेरिकाको तर्फबाट उपस्थित भएका कैलाश पोखरेलको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्य दुत प्रेमराजा महत,विशेष अथिति पुर्व न्याय परिषद सदस्य तथा वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपाने, एनआरएन अमेरिकाका उपाध्यक्ष रविना थापा अथिति रहनु भएको थियो । कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि कैलाश पोखरेलले निर्देशक मिन बहादुर भामलाई मायाको चिनो उपहार प्रदान गरि सम्मान गर्नु भएको थियो । उपस्थित अतिथिहरुले निर्देशक भाम र कार्यक्रममा उपस्थित कालो पोथिका निर्माता उपेन्द्रजंग शाहीलाई स्वागत गर्नु भएको थियो ।

विशेष प्रदर्शन कार्यक्रममा एनआरएन मेरिल्याडका अध्ययक्ष जेदु पोखरेल, नासो कम्युनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा,तनहु अमेरिका सोसाइटीका महासचिव कृष्णजीबी पन्त, नेपाली जनसंपर्क समिति मेरिल्याण्डका अध्यक्ष राजेन्द्र सेन्चुरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका सचिव प्रकाश नेपाल,स्पोर्ट तथा कल्चर क्लवकी अध्यक्ष सीता पाण्डे, एनआरएन अमेरिकाको मानव साहायता सहयोग समिति सदस्य राजन त्रिपाठी, युनाइटेट स्याङजा समाजका अध्यक्ष राजेन्द्र अर्याल लगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्तिहरुलाई अतिथि आसन ग्रहण सहित चलचित्र प्रदर्शनमा सहभागिता जनाउ“नु भएको थियो ।

चलचित्रको प्रदर्शन पछि निर्देशक भामसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अतिथिहरुले चलचित्रलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । नेपालको तर्फबाट ओस्कार अवार्डका लागि विदेशी भाषा तर्फ छनोट भएको चलचित्र हेर्न पाउदा उपस्थित सवै उत्साहित भएको थिए । कालो पोथि गत वर्षको भेनिस चलिचत्र महोत्सवमा क्रिटिक अवार्ड जितेको थियो । यसको निर्माणको क्रममा स्वीटजरल्याण्ड,जर्मनी र फ्रान्सको चलचित्र कोष पाएको थियो ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्