Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम विस्फोटमा परेका शिक्षण संस्थालाई क्षतिपूर्तिको माग

npabsan-logoमाधव अधिकारी, काठमाडौँ । निजी शैक्षिक संस्थाका छाता संगठन नेशनल प्याब्सन,काठमाडौँले विद्यालयमा बम विस्फोट भएको घटनाप्रति खेद ब्यक्त गरेको छ ।

नेशनल प्याब्सनद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा बालबालिकाको शिक्षा आर्जन गर्ने अवस्थालाई चुनौति दिदै बिद्यालयहरुमा बम राख्ने कार्यको  विरोध जनाउँदै असोज ४ गतेको घटनाबाट क्षति भएका विद्यालयहरुलाई क्षतिपूर्ति दिन नेपाल सरकारस“ग माग गरिएको छ ।

“विद्यालयहरु शान्ति क्षेत्र हुन्, देशका राजनैतिक पार्टीका प्रमुखहरुले हस्ताक्षर गरिसकेका थिए । दःुखदायी कुरा मंगलबार बिहानै विद्यालयहरुमा बम पड्कियो । शिक्षा आर्जन गर्ने कलिला बालबालिकाहरुको मनस्थिति त्रसित बन्यो ।

”विज्ञप्तिमा अगाडि भनिएको छ ,“यसरी जो जसले जे सुकै उद्देश्यकालागि गरेको भएपनि यस्ता गैर कानुनी, अशैक्षिक तथा अमानवीय व्यवहारकोहाम्रोसंगठन घोर निन्दा गर्दछ ।”

विज्ञप्तिमाआतंकारी गतिविधि तुरुन्त रोकी विद्यालयहरुलाई भयरहित वातावरणमा सुचारु हुने वातावरण बनाउन समेत सरकारस“ग माग गरिएको छ ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्