Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुष्पकमल दाहाल र बाबुराम भट्टराई क्रिश्चियन भएको खुलासा

pbmकाठमाण्डौं । पुष्पकमल दाहाल (पचण्ड) बाबुराम भट्टराई, कृष्णबहादुर महरा इसाई हुन् । प्रधानमंत्री पुष्पकमल दाहाल (पचण्ड) र बाबुराम भट्टराई यी दुबै इसाई हुन् ।

प्रचण्ड र बाबुराम भट्टराई यी दुबै प्रधानमंत्री बनेता पनि उनीहरुले नेपाल बनाउने सोच बनाउने सोच राखेनन् र अझ पनि त्यस्तो सोचमा छैनन् । उनीहरु जसरी हुन्छ नेपाल ध्वस्त गराउनमा व्यस्त छन् । प्रचण्डको मंत्रिपरिषदमा कृष्णबहादुर महरा अर्थमंत्री पनि इसाई हुन् ।

महरालाई अर्थमंत्री बनाएर पहिला लुटेका अबौं कालोधनलाई व्यवस्थित गराउने हो । बितेको १० बर्षदेखि नेपालको राष्ट्रिय अन्तराष्टिय अवस्था अत्यन्त बिकट र असंतुलीत बनेको छ । माओवादी सत्तामा आएदेखि राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ । उनीहरुले आफ्ना सम्पूर्ण शक्ति देशभित्र लुट मच्चाएर अर्बौं सम्पत्ति कुम्ल्याउने कुरामा मात्र केन्द्रीत गराएका छन्

२०६८ सालमा माओवादीका बाबुराम भट्टराई प्रधानमंत्री बनेर नेपालभित्रका सारा पहिचान, स्रोत समाप्त गरेर भारतका दास बन्न पुगे । अहिले माओवादीका पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमंत्री बनेका छन् ।२०६३ सालपछि राजा ज्ञानेन्द्रसँग संझौता भएर बिसर्जन भएको जनआन्दोलनलाई धोका नदिई भारतीय कांग्रेस (आई) र ‘रअ’ को पारामा नलागेर नेपाल डुबाउन नखोजेको भए यिनीहरु यस्तो वदनाम हुने नैं थिएनन् ।

तर हुँडारहरुका दाँरा र दाँत झरिसकेता पनि उनीहरुको रक्तपिपासु बानी छोड्दैनन्, माओवादीहरु पनि त्यस्तै हुन् भने
कांग्रेस र एमालेभित्रका भ्रष्ट देशद्रोही नेताहरु पनि त्यस्तै छन् । यिनीहरुको राष्ट्रघाती चरित्र हेर्दा राष्ट्रियताको पीडाले मन रुन्छ ।
नेपाली आमाले अव अत्याचारको परकाष्ठा सहेर बसिरहेने छैनन् । यिनीहरुको अन्त्य नजिकै आइरहेको छ । नेपाललाई युगयुगान्तरसम्म स्थिरता, शान्तिको लागि यसको गौरवमय सार्वभौमसत्ता बचाउन विश्वको एक मात्र हिन्दु अधिराज्य तथा राजसंथालाई यथावत कायम गरेर देश निर्माणमा कैन्दीत हुनसक्नु पर्छ ।

नेपाल अधिराज्यलाई स्थिर बनाउन– १० विश्वको एक मात्र हिन्दुअधिराज्य तथा संवैधानिक राजतन्त्र अटल राखियोस् । २० धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता खारेज गरियोस् । ३० अखण्ड–नेपाल युगयुगान्तरसम्म अटल रहनु पर्छ ।
(दीर्घराज प्रसाई
यो लेखकक नितान्त व्यक्तिगत विचार हो । सम्पादक

प्रकाशित मिति: Sep 20, 2016

प्रतिक्रिया दिनुहोस्