Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी उग्र रुप लिंदैछ पर्यटकीय ठमेलको विसंगतिहरु

thamel-tourism-board
काठमाडौँ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले परिषद्का केहि गलत व्यक्तिहरुले परिषद्का विषयमा कु–प्रचार गरेर परिषदको बदनाम गरेको बताएका छन् ।
राजधानीमा सोेमबार पत्रकार सम्मेलन गरेर थपलियाले ठमेलमा बल प्रयोग गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने मानसिकता भएका एक दुई जनाले गर्दा ठमेलको बदनाम भएको बताएका हुन । आफूले गरेका विगतका कार्यहरुको विषयलाई लिएर केहिले आफ्नो विरुद्धमा घोेर सड्यन्त्र गरेको बताउँदै थपलियाले भने, ‘ठमेलको विकासका लागि मलाई विच सडकमा कसैले गोगी हान्छ भने मर्न तयार छु तर ठमेलको विकासमा कुनै पनि सम्झैता गर्न सक्दीन् ।’
ठमेल पर्यटन विकास परिषद् संघ–संस्था ऐन–२०३४ अनुसार स्थापित भएको संस्था भएकोले यो संस्था विधि विधान अनुसार चल्ने र केहि व्यक्तिहरुले आफ्नो पकेटवाट चलाउन नमिल्ने उनको भनाई छ । ‘म कुनै व्यक्तिको पुजारी हुन सकिन–अघिल्लो पटकको निर्वाचनमा पराजित भएको समुहले मेरो विरुद्धमा प्रतिशोध साँधेको मात्र हो यसमा  मेरो घोर आपक्ति छ’ थपलियाले भने ।

यस्तै, अध्यक्ष थपलियाले आफू विरुद्ध परिषद्का चार सय अड्चालिस सदस्यहरुको दुई तिहाई हस्ताक्षर ल्याएर आँफुलाई हटाएर देखाउन पनि चुनौति दिएका छन् ।  आँफु ठमेलको विकासका लागी रातदिन लागिपरेको देखेर विरोधिहरु तर्सिएको बचाउदै उनले भने, ‘म ठमेलका घर धनी र व्यावसायीहरुको हकहितमा संधैभरी लागि पर्ने छु, मलाई राति जतिखेर बोलाउँदा पनि सदस्यको हकहितका लागि लागीरहने छु ।’

उक्त पत्रकार सम्मेलनमा ठमेलको विकासका लागी सरकारी निकायसंग समन्वयमा काम भैरहेको बताउँदै विकासको गतिले छिट्टै तिब्र रुप लिने उनको भनाई थियो ।  यस अगाडी असोज २ मा तोकिएको साधारणसभा परिषदकै बहुमत सदस्यहरुकै सहमतिमा स्थगित गरिएको थियो । यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराई सकिएको परिषदले बताएको छ ।

प्रकाशित मिति: Sep 20, 2016

प्रतिक्रिया दिनुहोस्