Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल सबैको लागि, सबै नेपालका लागि’ भन्दै अमेरिकामा कालो दिवस

usa-black-day-5

काठमाण्डौ । नेपालमा संविधान घोषणा गरेको १ वर्षको अवसरमा विभिन्न कार्यक्रमहरु भई रहदा अमेरिका भने संविधान घोषणा गरेको दिनलाई कालो दिवस मनाएका छन् । अमेरिकामा रहेका मधेशी, आदिवासी जनजाति, थारु, लगायतका संघ संस्थाहरु मिलेर संविधान घोषणा गरेको दिनलाई कालो दिनको रुपमा मनाएका छन् ।

अमेरिकाको न्यूयोर्क शहरमा संविधान दिवसको अवसरमा कालो दिन मनाएका हुन । मधेशी, आदिवासी जनजाति, थारु, महिला, मुस्लिम लगायतको अधिकार कटौटी गरेको नेपालको हालको संविधानलाई तत्काल संशोधन गरी उनीहरुको अधिकार स्थापित गराउन पनि माग गरेका छन् ।

उनीहरुले तत्काल नेपालका राजनीतिक दलले संविधान संशोधन गरी सबैको आवाजलाई समेटेर सबैले स्वामित्व लिने संविधान बनाउन माग गरेका छन् । उनीहरुले नेपाल सबैको लागि, सबै नेपालका लागि नारा लगाउँदै तत्काल संविधान संशोधन गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Sep 19, 2016

प्रतिक्रिया दिनुहोस्