Logo
१५ चैत्र २०८०, बिहीबार
(September 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीले मनाएनन संविधान दिवस, मधेशमा आज कालो दिवस मनाइदै !

black-day-1

काठमाडौं । मधेश र मधेशीलाई इग्नोर गर्दे संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवसको रुपमा देशका मधेशभागमा कालो दिवस मनाएको छ । गठबन्धनले सोमबार रत्नपार्कस्थित शान्ति वाटिकामा जम्मा भई कालो झन्डा र व्यानरसहित कालो दिवसको रुपमा विरोध प्रदर्शन गरेका छन ।

यसैगरी, मोर्चाभित्रका चार दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका छन ।

यसअघि गतवर्ष पनि असोज ३ गते संविधान जारी भएको दिनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा काठमाडौं सहित मधेशव्यापी कालो दिवस मनाइएकोे हो ।

नयाँ संविधान मधेशी, आदिवासी जनजाति, खस, थारु, मुश्लिम, महिला, दलित लगायत उत्पीडित समुदायको पक्षमा नरहेको भन्दै गठबन्धनले कालो दिवस मनाइरहेको हो । यसअघि सरकारले भने असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

क्रान्तिकारी माओवादीले पनि कालो दिवस मनाउदै
यसैबीच, नेकपा क्रान्तिकारी माओवादी धनुषाले पनि असोज ३ गतेलाई कालो दिवस मनाएका छन ।  सरकारले नयाँ संविधान जारी भएको असोज ३ गतेको दिनलाई संविधान दिवस मनाउने छन् भने अर्को तर्फ नेकपा क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति धनुषाले यस दिनलाई कालो दिवसको रुपमा मनाउनका लागि नेकपा क्रान्तिकारी माओवादी धनुषाका ईन्चार्ज रोशन जनकपुरीले जनतासमक्ष आग्रह समेत गरेका छन् ।

जनइच्छालाई उपेक्षा गरेर, जनताको विरोधपूर्ण आन्दोलनहरुलाई दमन गरेर, दर्जनौँको ज्यान लिएर र सयौँलाई घाईते बनाएर राज्यले सम्विधान घोषणा गरेको एक वर्ष पुगेको भन्दै नेकपा क्रान्तिकारी माओवादी धनुषाका ईन्चार्ज रोशन जनकपुरीले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेका छन् ।

जनताको संघर्षको वास्तविक प्रतिनिधी र विकल्पको रुपमा प्रस्तुत हुदैँ वर्तमान संविधानको खारेजी र जनचाहना अनुसार संघीय जनगणतन्त्रको संविधान निर्माणको संघर्षमा उत्रन सम्पूर्ण जनसमुदायलाई प्रेस विज्ञप्ति मार्फत ईन्चार्ज जनकपुरीले आग्रह गरेका छन् ।

प्रकाशित मिति: Sep 19, 2016

प्रतिक्रिया दिनुहोस्