Logo
६ बैशाख २०८१, बिहीबार
(September 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकर्मा समाज कतारद्वारा साँस्कृतिक परिवारका कलाकारहरु सम्मानित

samman कतार । विश्वकर्मा सास्कृतिक परिवारका कलाकार हरु सम्मानित भएका छन । यही १६ सेप्टेम्वर २०१६ सुक्रवरको दिन विश्वकर्मा समाज कतारको दोस्रो विश्वकर्मा पूजा तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।

समाजका अध्यक्ष आमेरिकन रामदामको सभापतित्यो तथा समाजका सल्लाहाकार सम्योजक प्रेम कुमार बि क को प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा बिभिन्न सामाजिक कार्यमा सङ्लग्न दलित अधिकारकर्मिहरुको बिशेष अतिथी रहेको उक्त कार्यक्रममा समाज को बिभिन्न कार्यमा कलाकारिता क्षेत्रमा पुरएको योगदानको उच्च मुल्यङ्कन गर्दै सम्मान गरिएको थियो।

विश्वकर्मा समाज कतारका सास्कृतिक बिभाग सम्योजक शुरज बिसी तथा सास्कृतिक परिवार सम्योजक कृष्ण विश्वकर्मा “घयल”को आतिथ्यमा कलाकारहरु गैर आवसिय नेपाली तारा बिजेता २०१५ का कृष्ण बि सि, चर्चित न्रित्यकार निर्मला लकन्द्री, सुनिता सिन्चुरी, चर्चित न्रित्य निर्देशक बिराज राइ, न्रित्यकार सरोज बि क,भावना बि क, आधुनिक गायक सन्तोष विश्वकर्मा, लोक गायक देभ घिमिरे, सहयोगि धनराज विश्वकर्मा, लोक गायक दीपेन्द्र सुनार, तेसैगरी गङ्गा बि सि, आयुश बि सि, राम अन्जान पारीयार, इशा घतानी, ओम सङ्गम बि सि, सागर विश्वकर्मा, चर्चित लोक दोहोरी गायक रित  कुमार श्रेष्ठ,चर्चित लोक दोहोरी गायक तुल बहादुर पारीयार, सुसान्त कुवर लगायत लाई सम्मान गरेको छ ।

समाज ले सस्कृतिक बिभाग सम्योजक सुरज बिसी तथा सास्कृतिक परिवार सम्योजक कृष्ण विश्वकर्मा “घायल” लाई पनि सम्मान गरेको छ । उक्त कार्यक्रम मा सास्कृतिक परिवार का कलाकार हरु कृष्ण बि सि, रुबेन बि सि, सुवास गदाल, दीपेन्द्र सुनार, बाबुराम विश्वकर्मा, कमल बि सि लगायत ले भर पुर मनोरन्जन दिदै हल मा आसिन अतिथी तथा उपस्थित सबै लाई नचाउनु भएको थियो तेसैगरी चर्चित हास्य कलाकार सुरज बि सि ले सबै लाई हसाउनु भएको थियो ।

समाज ले कलाकार लाई मात्र नभै समाज लाई बिभिन्न क्षेत्र बाट सहयोग पुराउनु हुने समाज सेवी हरुलाई पनि सम्मान गरेको छ , भिम विश्वकर्मा ,अजय बि सि, बिकी विश्वकर्मा, चन्द्र विश्वकर्मा, मान सिङ लोहनी लगायत लाई सम्मान गरेको छ । विश्वकर्मा सास्कृतिक परिवार ले अब चाडैनै ब्रिहत सास्कृतिक कार्यक्रम को आयोजना गर्ने सास्कृतिक बिभाग सम्योजक तथा सास्कृतिक परिवार सम्योजक ले बताउनु भएको छ।

प्रकाशित मिति: Sep 19, 2016

प्रतिक्रिया दिनुहोस्