Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चितवन । पुर्वि चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई आज कार्यक्रमका बिच खाद्यान्न सहयोग भएको छ ।
भरतपुर अस्पतालका दन्त रोग बिभागका प्रमुख डा. अजय न्यौपाने र डा. सरु थापाले चामल, तरकारी लगायतका खाद्यान्न सामाग्री सहयोग गर्नुका साथै केन्द्रमा आश्रित बालबालिकाहरुको दन्त परिक्षण गरि १२ जना बालबालिकाको बिग्रिएको दाँत निकालिएको थियो ।

साथै डा. अजयका दाजु अरुण न्यौपाने र भाउजु मिरा न्यौपानेले पठाईदिनु भएको टिसर्ट प्रत्येक बालबालिकालाई एक÷एक थान प्रदान गरिएको थियो ।

त्यस्तै लायन्स क्लब अफ लंकुले केन्द्रमा खाद्यान्न अभाव भएको थाहा पाई चामल, दाल, तेल लगायतका सामाग्री सहयोग गरेको छ ।

बैदेशिक रोजगारको शिलसिलामा युरोपमा रहनु हुने सोम सापकोटाको सहजिकरणमा लायन्स क्लब अफ लंकुका अध्यक्ष हरि दास सापकोटा, गंगाराम सापकोटा, निर्मला सापकोटा, लगायतको टोलि आज खाद्यान्न लिएर केन्द्रमा पुगेको थियो ।

टोलिले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: Sep 18, 2016

प्रतिक्रिया दिनुहोस्