Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रिलीआको दशै तिहार अनविलिभेवल अफर

offer
काठमाडौ । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरि ‘‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’’ ल्याएको छ ।

यो उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा रु १४,००० तथा अप्रिलिआको ईटिएक्स बाइक खरिद गर्दा रु. १८,००० छुट प्राप्त गर्नेछन् । यस उपहार योजना अन्तर्गत नै प्रत्येक अप्रिलिआ बाईकको खरिदमा ग्राहकलाई रु. ३००० पर्ने एउटा हेल्मेट समेत उपहार प्रदान गरिने छ । हाल अप्रिलिआ एसटिएक्सको बजार मुल्य रु. २,७९,००० छ भने अप्रिलिआ ईटिएक्सको रु. ३,५०,००० रहेको छ ।

यस अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखि कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अफरोडका लागि सर्वश्रेष्ठ मानिएको छ ।

अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनकोे उपत्यकामा सानो गौचरण स्थित एक तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा एक–एक बिक्रि कक्ष रहेको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा सहजै उपलब्ध छ ।
सन् १९०५ देखि ईटालिको विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेतले बिभिन्न ब्यबसायिक रेसिङ्ग प्रतियोगिताहरुमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा उपाधि जितिसकेको छ ।
जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिआ आरएस ४–१२५ नामक मोटरसाईकल तथा स्कुटर बजारमा ल्याउने भएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ ।

जे एण्ड जे इन्टरनेशनल छोटो समयमानै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर विक्रि वितरण गरी टु ह्वीलर सेग्मेन्टमा एक अग्रणी कम्पनीको रुपमा देखा परेको छ । अप्रिलिआका अन्य मोडलहरु ग्राहकको माग अनुसार उपलब्ध गराउन सकिने कुरा आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति: Sep 18, 2016

प्रतिक्रिया दिनुहोस्