Logo
१५ चैत्र २०८०, बिहीबार
(September 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका कम्युनिष्टहरु श्रमिक विरोधी छन : उपेन्द्र यादव

img_20160917_152327काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको रवैया परिवर्तन नभए नयाँ संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् । यथास्थितिवादी सोँचभन्दा माथि उठ्न सरकारलाई सुझाव दिँदै यादवले संविधानलाई सार्थक बनाउन संशोधन अनिवार्य भएको बताए ।

फोरम नेपालको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन, महासंघ घोषणा सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष यादवले केही सीमित व्यक्तिको स्वार्थमा जबरजस्ती लादिएको संविधान बलपूर्वक लागू हुनै नसक्ने चेतावनी दिए । ‘त्रुटिपूर्ण संविधान लागू गर्ने दृढता कसैले नगरे हुन्छ । संविधान लागू गर्न र सर्वस्वीकार्य बनाउन ११ र २६ बुँदे माग अनुसार संशोधनको विकल्प छैन । उत्पीडित वर्गको माग अनुसार संविधान संशोधन नहुँदासम्म हाम्रो संघर्ष जारी रहन्छ’– अध्यक्ष यादवले भने ।

शनिबार गठन भएको समाजवादी ट्रेड युनियन, महासंघ, नेपालका नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष यादवले नयाँ संविधान श्रमिक विरोध रहेको टिप्पणी गरेका छन् । यादवले भने,– ‘नयाँ संविधानमा श्रमिकको अधिकार खोसिएको छ । अन्तरिम संविधान समेत सुनिश्चित रहेको श्रमिक अधिकार अहिले कुण्ठित गरिएको छ ।’

कम्युनिष्टको नाममा थुप्रै राजनीतिक दल भएपनि उनीहरु सबै किसान, मजदूर लगायत श्रमिक विरोधी रहेको यादवले बताए । पार्टीको विधानमा आकर्षक नारा लेखे पनि नेपालका कम्युनिष्टहरु श्रमिक विरोधी उनले बताए ।
परिवर्तनका लागि हुने आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेकोले मजदूर वर्गको हक अधिकार सुनिश्चित गराउन आन्दोलनका लागि तयार रहन श्रमिकहरुलाई अध्यक्ष यादवले आह्वान गरेका छन् ।

समाजवादी ट्रेड युनियन महासंघ गठन
यसैगरी, फोरम नेपालको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन महासंघ गठन भएको छ । शनिबार काठमाडौंमा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पूर्व सभाषद् जोगीलाल यादवको अध्यक्षता ४९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

महासंघको केन्द्रीय अध्यक्षमा जोगिलाल यादव, उपाध्यक्षमा विन्देश्वर राय यादव, हेमन्त मान्डव्य, मृत्यून्जय झा, प्रेम भुजेल चयन भएका छन् । त्यस्तै डीबी सरोज राईलाई महासचिवको जिम्मेवारी दिइएको छ । महासंघको उपमहासचिवमा बलराम चौधरी, दयाराम राई र भरत ठाकुर छन् । सचिवमा यज्ञ कुमार राई, वासुदेव यादव राम बेलास यादव, मनकला लिम्बू चयन भएका छन् ।

कोषाध्यक्षमा शोभा मण्डल सहित ४९ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Sep 18, 2016

प्रतिक्रिया दिनुहोस्