Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारा तेक्वान्दो खेलाडीहरु पोल्यान्डमा

paraपोल्यान्ड । दक्षिण एशियाली खेलमा चार पटक सम्म स्वर्ण पदक बिजेता ओलम्पिक खेलमा भाग लिइसकेका तेक्वान्दो खेलाडी श्री दिपक बिष्ट पाँचौ पारा तेक्वान्दो खेलमा पोल्यान्ड आइपुग्नु भएको छ ।

सेप्टेम्बर १६ गते १२ बजे नेपालको तर्फबाट रन्जना धामी र सीता भण्डारी पारा तेक्वान्दो खेल खेल्दै हुनुहुन्छ भने उहाँहरुको टिम प्रशिक्षक श्री कल्याण गुरुङ हुनुहुन्छ ।   उक्त पारा तेक्वान्दो खेल पोल्यान्डमा पहिलो पटक आयोजना गरिएको जानकारी पोल्यान्ड तेक्वान्दो फेडेरशनका अध्यक्ष श्री आर्थुर खेमिलार्जले बिज्ञप्तीमार्फत सार्वजनिक गर्नु भएको छ ।

स्मरण रहोस पोल्यान्ड आउनु भएका खेलाडिहरुलाई स्वागत गर्न गैर आवासीय नेपाली संघ पोल्यान्डकी  आइ सी सी सदस्य डा एलिनी सुवेदी र कार्यसमिति सदस्य श्री बिष्णु सापकोटा एअरपोर्ट पुग्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ पोल्यान्डका  वरिष्ठ उपाध्यक्ष श्री मित्र लाल पार्देले उहाहरुलाई भेटेर शुभकामना सन्देश दिनु भएको छ भने अध्यक्ष डा श्री बोधराज सुबेदीले  व्यस्तताको वावजुद भेट हुन नसकेपनि उहाँहरुको कार्यक्रमको सफल्ताको लागि शुभकामना सन्देश दिदै चाडैं नै आफू र एन आर एन परिवारले  उहाँहरुलाई भेट्ने जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: Sep 15, 2016

प्रतिक्रिया दिनुहोस्