Logo
८ बैशाख २०८१, शनिबार
(September 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ स्कुललाई पछि पार्दै ईस्टपोल स्कुलले जित्यो प्रतियोगिताको उपाधी

captureकाठमाडौ  । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।

बाल दिवसलाई सन्दर्भ पारेर नेपाली लोक गायनको सम्बर्द्धन एवम प्रवर्धन गर्ने उद्धेश्यले सहयोगी मावी श्रोत केन्द्रले आयोजना गरेको श्रोत केन्द्र स्तरिय प्रतियोगितामा ३३ स्कुललाई पछि पार्दै सो उपाधी  नारायणटारको ईस्टपोल उच्च माध्यमिक बिद्यालयले जितेको हो ।

सहयोगी श्रोत केन्द्रको आयोजनामा  जोन एकेडेमीमा भएको कार्यक्रममा दोश्रो स्थान ॐ बज्र स्कुल तेश्रो स्थान पिस नेपाल एकेडेमी र सान्त्वना पुरस्कार एकता जेम्स र टाईमलाईन स्कुलले जितेका छन ।

बिजयी भएपछी सो बिद्यालयका  प्रधानाध्यापक राजेस राईले खुसी ब्यक्त गर्दै मेहेनती विद्यार्थी शिक्षक र अभिवावाक र आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो उपाधी सहयोग गर्ने सबैमा समर्पित गर्न चाहेको कुरा संचार्कर्मीसंग राखेका थिए ।

ईस्टपोल स्कुल जोरपाटी भेगको राष्ट्रिय पुरस्कार जितेको सबै भन्दा ठुलो स्कुल हो ।

प्रकाशित मिति: Sep 14, 2016

प्रतिक्रिया दिनुहोस्