Logo
११ बैशाख २०८१, मंगलबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारलगत्तै भारतीय राष्ट्रपति नेपाल आउने

mukherjee-ll

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिकको १७ वा १८ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले भदौको पहिलो साता नेपाल भ्रमणको निम्ता दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीका लागि भारत गएर मंगलबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय राष्ट्रपति मुखर्जी कात्तिकको १७ वा १८ गतेको अपरान्ह नेपाल आउने जानकारी दिए । उनले कात्तिक १६ गते आउनका लागि निम्ता गरेपनि त्यो दिन नेपालमा भाइटिका परेकाले मुखर्जी भाइटिकाको भोलिपल्ट वा पर्सिपल्ट आउने जानकारी आफूलाई भारतीय पक्षले गराएको बताए ।

भारत भ्रमणका लागि गएका परराष्ट्र मन्त्री प्रकाशशरण महत मगलवार स्वदेश फर्किएका हुन । प्रधानमन्त्री दाहाल प्रचण्डको आसन्त भारत भ्रमणको तयारीस्वरुप उनी भारत गएका थिए । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण नोभेम्बर १ मा तय भए पनि सो दिन भाइटीका परेकाले २ वा ३ तारिखमा उनी नेपाल आउने जानकारी गराए । ‘प्रधानमन्त्रीज्युको भ्रमण तयारीका लागि जाँदा मलाई भारतले जुन आतिथ्यता प्रदान र्गयो, प्रमज्युको आगामी भ्रमण पनि सार्थक र सफल हुने संकेत हो यो,’ उनले भने ।

आफूले त्यहाँका ऊर्जा मन्त्री, जलश्रोत मन्त्रीका साथै र विदेश मन्त्रीसँग एक घन्टा छलफल गरेको मन्त्री महतले जानकारी गराए । पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी गराउँदै उनले ढल्केबर–मुजफ्फरपुर तथा गोरखपुर–भैरहवा अन्तरदेशीय प्रसारण लाइन विस्तारलाई अघि बढाउने प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको बताए ।

दक्षिणी सिमानामा हुने डुबान समाधनाका लागि ज्वाइन्ट कमिटी निर्माण गर्ने र दुई देशको हितमा नै काम गर्ने सहमति भएको पनि महतले बताए । भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्ने पक्षमा पनि कुरा भयो,’ उनले भने, ‘अहिले जुन सहमतिहरु भएका छन, प्रधामन्त्रीको भ्रमणले मूर्तरुप पाउनेछ ।’ बंगलादेशसँग सिधा सम्पर्क हुनेगरी पारवहन सुविधा सेवा विस्तार गर्ने नेपालको प्रस्तावलाई भारतले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

महाकाली सम्झौताअनुसार दुई सिँचाइ योजनामाथि भारत सकारात्मक रहेको र गण्डक सम्झौताअनुसार ४० हजार हेक्टर जमिनमा सिँचाइ र्पुयाउने विषयमा पनि छलफल भएको महत बताए । कमला डाइभर्सनलाई पनि सहयोग गर्न भारतले प्रतिबद्धता जनाएको छ । यो योजनाले २ नम्बर प्रदेशका धेरै भागमा सिँचाइ हुने मन्त्री महतले बताए ।

उनले हुलाकी मार्गको दोस्रो चरणका सडकको निर्माणमा भारतीय सहयोग, कञ्चनपुरको चाँदनी दोधारामा नाका खोल्ने लगायतका विषयमा पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने बताए । प्रधानमन्त्री दाहाल यहि भदौ ३० गते भारत भ्रमणमा जान लागेकाले भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री महत गत आइतबार भारत गएका थिए ।

उनले भ्रमणको एजेण्डाका बारेमा भारतीय समकक्षी सुष्मा स्वराज, जलस्रोतमन्त्री, उर्जामन्त्री र प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई भेटेर अवगत गराएको बताए ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्