Logo
८ बैशाख २०८१, शनिबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पूर्ण कार्यक्रम औपचारिक रुपमा इन्द्रजात्रा पर्व सुरु

indra-jatra

ललितपुर । यस वर्षको इन्द्रजात्रा पर्व सुरु भएको छ । बिहान ९ बजेको शुभसाईतमा हनुमानढोकामा इन्द्रध्वजासहितको ३२ हाते लिंगो ठड्याएपछि ईन्द्रजात्रा सुरु भएको हो । योसँगै ईन्द्रजात्राका सम्पूर्ण कार्यक्रम औपचारिक रुपमा सुरु भएका छन् । हनुमानढोकामा लिंगो ठड्याउने क्रममा एक सैनिक हवल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकका पुष्प लामा घाईते भएका छन् ।

खुट्टा भाँचिएका गुरुङको छाउनीस्थित सैनिक अस्पताल र लामाको वीर अस्पतालमा उपचार भईरहेको छ । जात्रामा लाखे नाच, टाना किसी नाच, पुलु किसी नाचसमेत देखाईने गरिन्छ । सो अवसरमा देखाइने मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा पथप्रदर्शन गर्ने चलन छ । आजैदेखि हनुमानढोकास्थित आकाश भैरवको मूर्ति दर्शन गर्न सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

आजै साँझ वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा काठमाडौंबासीले ३ सय ६५ वटा दीप प्रज्वलन गर्ने चलन छ । लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि चारकुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइने गरिन्छ । ललितपुर, भक्तपुर दरबार क्षेत्रमा पनि ईन्द्रजात्रा सुरु भएको प्रतिक स्वरुप लिंगो गाड्ने चलन छ ।

काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्सि बिहीवार मनाइने छ । करिब एक सातासम्म सञ्चालन हुने इन्द्रजात्रामा काठमाडौंका विभिन्न स्थानमा भिन्न किसिमका लाखे नाच प्रदर्शन गर्ने परम्परा छ ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्