Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धको तयारि भन्दै आए गायक बिशु बजारमा – भिडियो सहित

yuddaकाठमाण्डौ । पछिलो समयमा नेपाली गीत संगीतको क्षेत्रमा लागि परेका नयाँ प्रतिभाहरु धेरै भेटिन्छन् । गीत संगीत विधा कतिपयका रुची मात्रै हुन्छन् भने कतिपयले गीत संगीतलाई नै आफ्नो पेशाको रुपमा लिएका छन् ।

यस्तै केहि समय यता सिराहा जिल्लाबासी गायक एबं मोडल बिशु मण्डल पनि छोटो समयमा आफ्नो सांगीतिक कोसेली लिएर दर्शक स्रोता माझ चर्चा बटुल्दै छन् ।

मण्डलले हालै मात्र “हरेक अंग हतियार धारी, हुदै छ धुमधाम युद्धको तयारि,” बोलको गीत पस्केका छन् । उक्त गीतको भिडियो समेत बजारमा ल्याएका छन् ।

सो भिडियोलाई एनभिएम अनलाइन टिभी युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् । गायक एबं मोडल मण्डलको लगानिमा निर्माण भएको “हरेक अंग हतियार धारी, हुदै छ धुमधाम युद्धको तयारि,” बोलको गीत शितल कादम्बिनीले लेखेका हुन् भने मण्डल आफैले स्वर भरेका छन् । महेश खड्काको संगीत रहेको छ ।

भिडियोलाई सगुन श्रेष्ठले निर्देशन गरेका हुन् भने गोकुल अधिकारीले छायांकन गरेका छन् । भिडियोमा मण्डल आफैले अभिनय गरेका छन् भने उनलाई मोडल कविता बानिँयाले साथ दिएका छन् । गीत आधुनिक लभ सङ भएकाले भिडियोमा माया र प्रेमका कहानी समेटिएका देखिन्छन् ।

भिडियो हेर्नुहोस् :-

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्