Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीसहित सवार बिमान दुर्घटनापछि, अवरुद्ध रहेको धावनमार्ग खुल्यो

jahaj-news

काठमाण्डौ । नेपाल वायु सेवा निगमको जहाज अवतरणको क्रममा पाङ्ग्रा फुटेपछि बन्द गरिएको त्रिभूवन विमानस्थलको धावनमार्ग एक घण्टापछि खुलेको छ । विमानस्थलका प्रबक्त प्रेमनाथ ठाकुरले धावनमार्ग क्लियर भएको बताए । उनका अनुसार दिउँसो १२।४५ मा बन्द गरिएको धावनमार्ग १।४८ मा खुलाइएको हो ।

यसअघि नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनवाट बचेको हो । त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेक्रममा जहाज अचानक दुर्घटनामा परेको थियो । तर, कुनै मानविय क्षती भने भएको छैन । विमानस्थलको टर्मिनल म्यानेजमेन्ट अफिसले जहाजमा ल्याण्डीङ गियर फसेकाले दुर्घटना भएको पुष्टी गरेको छ । निगमको आर ए २०६ विमान दिउँसो १२ वजेर ४५ बजे विमानस्थलमा अवतरण गर्नेक्रममा रनवेमा गियर फसेर दुर्घटना परेको थियो । जहाज भारतको नयाँ दिल्लीवाट आएको हो ।

सो जहाजमा परराष्ट्रमनत्री प्रकाशशरण महत सहितको टोली थियो । भारतीय भ्रमणमा रहेका महत सहितको टोली सोही जहाजवाट नेपाल आएका थिए । जहाज दुर्घटनामा परेर एक घण्टाभन्दा वढी विमानस्थल अवरुद्ध भएको छ । विमानस्थलले जहाजमा रहेका सवै यात्रु भने सकुशल रहेको पुष्टी गरेको छ ।

निगमको जहाज अवतरण गर्ने क्रममा पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट (फुटेको) भएको छ । परराष्ट्रमन्त्री महत तीन दिने दिल्ली भ्रमण सकेर फर्केका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका लागि दिल्ली भ्रमणमा गएका थिए ।

जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले १२ बजेर ५० मिनेट आसपासदेखि विमानस्थल बन्द गरिएको थियो । स्रोतले जहाजका सबै सिटमा यात्रु रहेको बताएको छ । दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।  #तस्बिर सौजन्य: जेटफोटोज डट नेट

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्