Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज इस्लाम धर्मावलम्बीहरुले देशभर बकर-इद मनाइदै 

muslim-news

काठमाडौं, २८ भदौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद आजदेखि शुरु हुँदैछ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इदुल अजहा’ पनि भन्ने गरिन्छ । इस्लामिक क्यालेन्डर अनुसार, १४३७ हिजरी संवत्को अन्तिम महिना जिलहिज्जा १० तारिखका दिन विश्वभरि मुस्लिम समुदायले यो पर्व मनाउने गर्दछन् । नेपालमा पनि ३ दिनसम्म यो पर्व मनाईंदैछ । इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बकरइद मुस्लिम समुदायको सबभन्दा ठूलो पर्व ‘इद उल फित्र’ पछिको दोस्रो ठूलो पर्व हो । हज कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्बानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातमध्ये हजलाई मुख्य मानिन्छ । मदिना जामे मस्जिद, वीरगञ्जका मौलाना (इमाम) हदिबु रहमानले बकरइदको पहिलो दिन बिहान इदगाहमा भेला भएर नमाज पढिसकेपछि पशुको कुर्बानी दिइने जानकारी दिए । तीन दिनसम्म कुर्बानी दिनेहरूकहाँ पहिलो कुर्बानी घरमूलीको नामबाट दिइन्छ भने बाँकी कुर्बानी परिवारका अन्य सदस्यको नामबाट दिने चलन छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
बकर इदको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिएकाछन । शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताएका छन ।  शुभकामनामा नयाँ संविधान जारी भएसँगै सबैको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्