Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण नेपाल–चीन केरुङ राजमार्ग बन्द

kerung

रसुवा । सोमबार बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा नेपाल-चीनबीच हुने ढुवानी सेवा अवरद्ध भएको छ ।

अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ । पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार-पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्