Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा किन कुर्लिए रामहरी हेर्नुस भिडियो सहित

ramhari-khatiwada

काठमाडौँ । भूकम्प पीडितले राहात नपाएको भन्दै व्यवस्थापिका संसदमा सांसद रामहरी खतिवडाले आफ्नो भनाईलाई सरकारप्रति कडाका साथ प्रस्तुत गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरुले भूकम्प पीडितलाई दसैं अगाडि एकमुष्ट रु. एक लाख ५० हजार रकम दिन कडा माग गरेका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै काँग्रेस सांसद रामहरि खतिवडाले भने– ‘प्रधानमन्त्रीज्यू भूकम्प पीडितलाई ८ लाख पछि दिनुहोला । अहिले दसैं अगाडि तुरुन्त डेढ लाख दिनुस् ।’ खतिवडाले भूकम्पपीडितलाई दिने रकम घोषणामा सीमित रहेको भन्दै तीन दिन लगाएर सदरमुकाम पुगेर रकम लिन जानुपर्ने बाध्यताको अन्त्य गर्न दसैँ अगाडि एकमुष्ट रु एक लाख ५० हजार रकम दिन माग गरे ।

संसदमा बोल्दै खतिवडाले भने, ‘भूकम्प पीडितका सन्दर्भमा बोलेको आज २१ पटक भयो । पत्येक भूकम्प पीडितलाई लाख सम्म अनुदान ऋण निव्र्याजी दिने सरकारले घोषणा गरेको थियो । तर, अहिलेसम्म किन कार्यन्वयन भएन ?’ गत सालको बैशाख १२ गते गएको भूकम्पमा झण्डै आठ लाख भन्दा बढी घरहरु क्षती भएका छन ।

त्यो १४ जिल्लाको तथ्याङक हो त्यस बाहेक ३१ जिल्लामा नौ लाख घर परिवारलाई उक्त रकम दिदा झण्डै आठ अर्व पैसा लाग्ने गर्छ । यो प्रधानमन्त्री पुष्पकमल दाहालकै पालामा पुरा होस खतिवडाले भने । जसरी बृद्धभत्ता गाउगाउमा बाडने व्यवस्था गरिएको छ त्यसैगरी भूकम्प पीडितहरुलाई पनि सदरमुकाम नभएर गाउगाउमा बैक पठाइ वितरण गर्ने व्यवस्था गर्न खतिवडाले सरकारको ध्यान दिन आग्रह गरेका छन ।

खतिवडाले भने, ‘रकम दिदा सदरमुकाम बोलाएर हाइन गाउगाउमा बैंक पठाएर भएपनि गाविसमा नै दिने व्यवस्था मिलाउन प¥यो । जसरी बृद्धभत्ता वडा वडा गाउ घरघरमा पुराइन्छ त्यसरी नै नै बृद्ध अपांगा हिडन नसक्ने, भूकम्प पीडितहरुलाई घरघरमा नै रकम दिने व्यवस्था सरकारले मिलाओस ।’

भिडियो हेर्नुहोस् :-

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्