Logo
११ बैशाख २०८१, मंगलबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी जनतालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सिराहा तिर !

फइल तस्बिर
फइल तस्बिर

काठमाडौं २७ भदौ । प्रधानमन्त्री भएपछि काठमाडौं उपत्यका बाहिर पहिलो कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सिराहा तिर जादैछन ।

प्रचण्ड सिराहा क्षेत्रनम्बर पाँचबाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए । उनी संविधान जारी भएपछि र मधेस आन्दोलन पछि पनि सिराहा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सिराहाको मिर्चैयामा आयोजित जनसभालाई सम्बोधन गर्नेछन् । उनले त्यहाँ विद्युत कार्यालयको पनि उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार बिहान ११ बजे सिराहा जाने पूर्वनिर्धारित कार्यक्रम भए पनि पानी परिरहेकाले केही ढिलाइ हुनसक्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्