अमेरिकी राष्ट्रपतिकी उम्मेद्वार हिलारीलाई निमोनिया !
न्युयोर्क । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिटनलाई निमोनिया भएको छ । सेप्टेम्बर ११ को स्मृति सभामा उनी बिरामी परेको हाल उनको निमोनियाको उपचार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
डा. लिजा बार्डाकका अनुसार शुक्रबार उनलाई निमोनिया भएको पत्ता लागेको र एन्टिबायोटिक चलाइएको थियो । तर, न्युयोर्कमा भएको समारोहमा उनको स्थिति बिग्रगिएको थियो ।
डाक्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार’ भएको बताएका छन् । तर, उनी बिरामी भएपछि क्यालिफोर्नियामा हुने भनिएको कार्यक्रम रद्द गरिएको छ । उनी सोमबार बिहान दुई दिनका लागि क्यालिफोर्निया जाने कार्यक्रम थियो ।
‘सेक्रेटरी हिलारी क्लिनटनलाई खोकीसम्बन्धित एलर्जी भइरहेको छ । खोकी लामो समय लागिरहेपछि शुक्रबार जाँच गर्दा उनलाई निमोनिया भएको पत्ता लागेको थियो,’ डाक्टरको विज्ञप्तिमा भनिएको छ । क्लिन्टन ६८ वर्षीया हुन् भने प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प ७० वर्षीय छन् ।