Logo
७ बैशाख २०८१, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसमविद्धको भनाइ: आज दिनभरी वर्षा हुने, केही दिन यस्तै रहने !

pani-paryo-raining

काठमाडौं, २७ भदौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिनभर पानी पर्ने भएको छ । हिजो साँझदेखि नै परिरहेको पानी निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य क्षेत्रमा बढी वर्षा हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताउनुभयो । मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले यहाँ पानी परेको हो ।

यो वर्षा अझै केही दिन रहने पनि उहाँले जानकारी दिए । तराइका क्षेत्रमा दिउँसो केही मौसम खुले पनि पुरै घाम लाग्ने संभावना भने नरहेको उनको भनाइ छ । देशका एकदुई ठाउँमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्