Logo
१५ चैत्र २०८०, बिहीबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा सीमा क्षेत्रका डुबान पीडितलाई क्षतिपूर्ति दिन अस्वीकार

nepal-india

काठमाडौं, २७ भदौ । सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन नेपालका तर्फबाट राखिएको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा समपन्न दुवै देशका गृहसचिव स्तरीय बैठकमा नेपालले भारतीय बाँधका कारण बर्सेनी हजारौं नेपाली डुबानमा परेको भन्दै क्षतिपूर्ति उपलव्ध गराउन प्रस्ताव राखेको थियो ।

तर, आफूहरले सीमा क्षेत्रमा कुनै पनि अनधिकृत संरचना निर्माण नगरिएको क्षतिपूर्तिसम्बन्धी प्रस्ताव छलफल गर्न आवश्यक नभएको भारतीय सुरक्षा अधिकारीले बताएका थिए ।

बैठकमासहभागी नेपाली अधिकारीले डेढ दर्जन स्थानमा भारतले निर्माण गरेको अनधिकृत संरचनाबाट हजारौं नागरिक विस्थापित भएको विवरण पेस गरेका थिए । त्यसपछि भारतीय पक्षले डुबान विषय गृह मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने भन्दै पन्छाएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्