Logo
१३ बैशाख २०८१, बिहीबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीले भने ६क्का पञ्जा नराम्रो सिनेमा (भिडियो सहित)

chhakka-panja-kp-oli-1निकै चर्चा र लोकप्रीयता कमाईरहेको चलचित्र ६क्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका केपी शर्मा, झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ ६क्का पञ्जा हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर ६क्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन, पूर्व प्रधानमन्त्री ओलीले भने नाम ६क्का पञ्जा भए पनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका छन् । हेर्नुहोस् भिडियो । उनले यसो भन्दा हाँसो गुन्जीएको थियो ।

यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो ।

अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता ६क्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।
यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर ६क्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशि लागेका उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्