Logo
४ बैशाख २०८१, मंगलबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयदेखि हराइरहेको सीमा स्तम्भ भेटियो !

sima_pilar

सप्तरी । नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमा स्तम्भ (पिलर) बिहीबार फेला परेको छ । सप्तरीको तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नंको मुख्य स्तम्भ (पिलर) भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठका अनुसार बाढी र हिलो बालुवाले पुरिएपछि स्तम्भ नदेखिएपछि विशेषरुपमा त्यसको खोजी भएको थियो । केही दिन अगाडि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ ।

करिब एक महिना अगाडि सप्तरीको तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्