Logo
१२ श्रावण २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग

Sarwochh

काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ । न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

भद्र शर्मा र टपेन्द्र कार्कीले गत शुक्रबार भाषा विगार्ने गरी वर्ण विन्यास तत्काल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले भाषाको परिवर्तन सम्बन्धी निर्णयको सम्पूर्ण जाकारी दिन सरकारलाई आदेश दिएको हो ।

यसअघि अख्तियार र संसदमा पुगेको भाषा बिवादमा सर्वोच्चले हात हालेको हो । अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यक्रम लगायत अन्य सरकारी निर्णय रोकिने छ।

अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यक्रम लगायत अन्य सरकारी निर्णय रोकिने छ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्