Logo
१५ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुलमा ब्यानर टाँगेर नाकाबन्दी गरेजस्तै मधेशमा फेरी चक्काजाँम !

mahotari-sadak-jam-1
महोत्तरी २६ भदौ । भौतकिमन्त्री रमेश लेखकले शिलान्यास गरिएको जनकपुर–भिठ्ठामोड सडकखण्ड ६ लेनको बनाउनुपर्ने माग गर्दै आएको संयुक्त संघर्ष समितिले बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

संयुक्त सङ्घर्ष समितिले महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेको छ । जनकपुरदेखि भिठ्ठामोडसम्म १८.७५ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समितिले छ लेनको सडक निर्माण गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेको हो ।

mahotari-sadak-jam-3

भिठ्ठामोड–जनकपुर सडक(विद्यापति राजमार्ग) निर्माण संयुक्त संघर्ष समितिले निकालेकाे प्रेस विज्ञप्ति :

भिठ्ठामोड–जनकपुर सडकलाई नेपाल सरकारबाट गरिएकाे ४ (चार) लेनकाे सडक शिलान्यासलाई सकारात्मकरुपमा लिएकाे संघर्ष समितिले, भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनकाे बनाउनु पर्ने लगायतका ५ पाँच बुँदे मांग राख्दै जारी अान्दाेलनकाे छैठाै दिनकाे कार्यक्रम अन्तर्गत शनिवार गरिएकाे भिठ्ठामोड–जनकपुर सडकमा यातायात बन्द कार्यक्रमलाई अत्यन्त सालीन, शान्तिपूर्ण र सफल बनाउन सहयाेगी भूमिका निर्वाह गर्नु भएका महाेत्तरी तथा जनकपुरकाे भविष्यप्रति सचेत सम्पूर्ण राजनैतिक दल सुन्दर अभियान लगायतका संघ / संस्था, संचारकर्मी, यातायात व्यावसायी, उद्याेगी / व्यापारी ,शिक्षक / कर्मचारी, प्रबुद्धवर्ग / नागरिक समाज, यूवा विद्यार्थी लगायत सबैलाई हृदयदेखि धन्यवाद दिंदै अाइतवार २६ गते हुने दाेस्राेदिनकाे (बिहान ५ बजे देखि बेलुकी ५ बजे सम्म) यातायात बन्दकाे कार्यक्रमलाई सहभागिताकासाथ शान्तिपूर्वक सफल बनाइदिनहुन अनुराेधका साथै अाव्हान गर्दछ ।

त्यसैगरी २७ गते बिहान ८ देखि ९ बजे सम्म भिठ्ठामोड–जनकपुर सडक खण्डमा मानवकडी (मानव सांगलाे) मा सहभागि भईदिनुहुन / गराउनुहुन संयुक्त संघर्ष समिति अनुराेध गर्न चाहन्छ ।

संघर्ष समितिका माँगहरु यस प्रकारका छन् :
१. भिठ्ठामोड–जनकपुर सडकलाई ६(छ) लेनको सडक बनाउनु पर्ने ।
२. सडक गुणत्मकरुपमा निर्माण गर्न/गराउन अनुगमन समिति गठन गर्नुपर्ने ।
३. सरकारले एकातर्फ १४ किलोमिटरको सडक(तिनकुने–सुर्यविनायक)को निर्माण एकवर्ष भित्र सम्पन्न गर्ने तथा भिठ्ठामोड–जनकपुर जस्ता आर्थिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको सडकलाई कछुवा गतिमा ३० महिना लगाउनुको साटो १५(पन्ध्र) महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने ।
४. २०७३ को महान चाड विजया दशमी प्रारम्भ हुनु भन्दा अगाडि भिठ्ठामोड–जनकपुर सडकलाई पूर्ण मरम्मत गर्नुपर्ने ।
५. सडक निर्माणको ठेक्का पाएका मुख्य निर्माण व्यवसायीलेनै कार्य गर्नुपर्ने, पेटी कन्ट्रयाक्टरले बनाउन नपाउने ।
राम कुमार शर्मा

अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद
तथा, संयोजक
भिठ्ठामोड–जनकपुर सडक निर्माण संयुक्त संघर्ष समिति

mahotari-sadak-jam-2

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्