Logo
२६ बैशाख २०८१, बुधबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापाको पार्टी आज औपचारिक रुपमा नै फोडिदै !

kamal-keshar

काठमाडौं । फुटने जुटने क्रमबाटै पछिल्लोपटक अलिक बलियो बनेको भनिएको कमल थापा नेतृत्वको राप्रपा नेपाल आइतबार औपचारिकरुपै फूटने भएको छ । सो पार्टीबाट विद्रोह गर्दे असन्तुष्ट रहेका केशरबहादुर विष्टले आजै नयाँ पार्टी घोषणा गर्न लागिएको बताइएको छ ।

सो समुहमा राप्रपा नेपालका प्रभावशाली ढेड दर्जनबढी केन्द्रीय सदस्यहरुको सहभागिता रहने बताइएको छ । कमल थापा ओली ओली नेतृत्वको सरकारमा रहँदा विष्टसमुहले पार्टीले एजेण्डा मासेको र सरकारमा गएर गल्ती गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएपछि गत चैतमा विष्ट कारबाहीमा परेका थिए ।

राजधानीको बुद्धनगरस्थित अल्फाबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ पार्टीको गठन गर्न लागिएको सो समुहका एक नेता दमन बस्नेतले रातोपाटीलाई जानकारी दिए ।

नयाँ पार्टीको नाम ‘एकीकृत राप्रपा नेपाल निर्माण अभियान’ हुने बताइएको छ । कारबाहीमा परेसँगै उनले पार्टीभित्र समानान्तर कमिटि चलाउँदै आएका थिए ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्