Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन आकांक्षीः महिला संघ र तरुणदलमा पनि गुटवाजी !

deuba-poudel-sitoula

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख दुई संगठन नेपाल महिला संघ र  नेपाल तरुण दल मा पनि पार्टीमा विद्यमान गुटहरुको आधारमा नयाँ नेतृत्वका लागि प्रतिष्पर्धा हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलपक्षबीच मुख्य प्रतिष्पर्धा हुने भएपनि १३औं महाधिवेशनपछि उदायको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का पक्षले पनि उम्मेदवारी खडान गर्ने तयारीमा जुटेका हुन ।

अन्तिम समयमा सिटौला र खड्का पक्षले सभापति देउवा पक्षसँग मिलेर आफ्नो स्थान सुरक्षित गर्न लागि पर्ने विश्लेषण गरीएपनि पछिल्ला दिनमा दिनहुँ भेला/बैठकहरुमा उनीहरु सक्रिय छन् ।

नेपाल महिला संघले चौथो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ भने आन्तरिक विवादका कारण जिल्ला अधिवेशन सम्पन्न नहुँदा तरुण दलका शुक्रबार देखि पोखरामा सुरु हुने भनिएको महाधिवेशन स्थगीत भएको छ ।

भदौ ३० गतेभित्र सबै जिल्ला अधिवेशन सकेर तरुण दलले असोजको ३ देखि ५गतेसम्म पोखरामै महाधिवेशनको तयारी गरेको छ । तर, नेता पौडेल र सिटौला निकटले भने सबै जिल्ला अधिवेशन सम्पन्नपछि मात्र महाधिवेशन गर्नुपर्ने भन्दै असहमति जनाउँदै आएका छन् ।

विवादका कारण १४ जिल्ला अधिवेशन हुन बाँकी छ भने भएका केही जिल्लामा पनि विवाद छ । विवाद समाधानका लागि अध्यक्ष उदयसमसेर राणाको संयोजकत्वमा जन्मजय तिमलसेना, टेकराज पौडेल, नारायण भट्टराई र रमश खरेल सदस्य रहेको समिति गठन गरेको छ । भदौ २८ भित्र समितिले जिल्ला विवाद समाधान गर्ने जनाइएको छ ।

विवादका कारण प्रदेश नम्बर २ का महोत्तरी र सिराहा बाहेक कुनै जिल्ला अधिवेशन भएको छैन भने कपिलवस्तु, गोरखासहितका केही जिल्ला तयारीमा छन् । सुर्खेत र उदयपुरको जिल्ला अधिवेशन उद्घाटन भएपनि विवादका कारण टुंगो लाग्न बाँकी छ ।

सर्लाहीको क्षेत्री अधिवेशन भएपनि जिल्ला हुन सकेको छैन भने धादिङसहितका केही जिल्लामा विवाद छ । भक्तपुरमा पार्टी एकिकरणपछि देखिकै विवाद मिलेको छैन भने मुस्ताङमा अहिलेसम्म पूर्णकालीन सदस्यता नै वितरण भएको छैन ।

तर, तरुण दलको महाधिवेशन गराउन पार्टीले गठन गरेको निर्देशक समितिका एक सदस्यले केही जिल्ला बाँकी रहेपनि असोज ३ देखि महाधिवेशन सुरु हुने दाबी गरे ।

‘पुनःनेतृत्वमा प्रतिष्पर्धा गर्न नपाउने भएपछि नियोजीत रुपमा खडा गरीएको विवाद हो,’ ती सदस्यले भने, ‘प्रतिबन्ध फुकुवा गर्ने हो भने सबै समस्या आफैं समाधान गर्न तयार छन् । नेपाल विद्यार्थी संघ, महिला संघमा एउटा तरुण दलमा अर्को निर्णय हुँदैन ।’

पार्टीले उक्त निर्णय फिर्ता गरे वर्तमान अध्यक्ष उदयसमसेर राणाका साथै टेकराज पौडेल, मेदनी सिटौला, लक्ष्मी खतिवडा, नारायण भट्टराई, जन्मजय तिमल्सेनासहितका नेता आकांक्षी छन् ।

त्यसका लागि पार्टीभित्रका सबै गुटबाट केन्द्रीय समितिमा रहेका आकांक्षीहरु लविङमा जुटेपनि शीर्ष नेताहरु त्यसको विपक्षमा उभिएका छन् । सभापति देउवा पार्टीभित्र सर्वसहमति जुटेर मात्र निर्णय र्फिताको प्रस्ताव केन्द्रीय समितिमा लैजाने पक्षमा छन् भने पौडेल निर्णय र्फिताको विपक्षमा छन् ।

को को छन् आकांक्षी

तरुण दलको नयाँ नेतृत्वका लागि वर्तमान समितिमा रहेकाले उम्मदवारी दिन नपाउने भएपनि बाहिरबाट एक दर्जन नेताले नेतृत्वका लागि आकांक्षा राखेका छन् ।

तरुण दलको महाधिवेशन प्रतितिनिधि नै नभएका देखि पार्टीको जिल्ला सभापतिसम्म नेतृत्वका लागि सक्रिय छन् ।  अध्यक्षका लागि यमबहादुर गुरुङ, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्ल, भूपेन्द्रजङ शाही, खिमानसिंह रायमाझी, सिद्धार्थ कोइराला, दिनेश भट्टराई, हर्क देउवा लागि परेका छन् ।

पालुंगा, भट्टराई, देउवा सभापति देउवा निकट हुन भने डडेलधुरा पार्टी सभापति मल्ल खड्कानिकट हुन् । तरुण दलको विधानले दोहोरो पदाधिकारी हुन प्रतिबन्ध लगाएको जनाउँदै मल्ल अध्यक्षको उम्मेदवार बन्न जिल्ला सभापति छाड्नु पर्ने एक नेताले बताए ।

त्यस्तै, बिपी कोइराला नाती सिद्धार्थ, दामोदर, शाही पौडेल निकट मानिन्छन् भने चापागाईं सिटौलानिकट मानिन्छन् । बालकृष्ण खाँणसँग नजिक रहेका तरुण दलका पूर्व महासचिव गुरुङ पार्टीको १३औं महाधिवेशनसँगै पौडेल पक्षसँग निकटता बढाएका छन् ।

भट्टराई, देउवालाई सभापति देउवा निकट नेता एनपी साउँदले अघि सारेको निकट स्रोतको दाबी छ । अर्का नेता खाँणसँग दूरीमा रहेका साउँद तरुण दलमा आफ्नो भूमिका देखाउने प्रयासमा जुटेको स्रोतको दाबी छ। नेवि संघको निर्वतमान कार्यसमिति सदस्यहरु तरुण दलको स्वत महाधिवेशन प्रतिनिधि पाउनु पर्ने लविङ्को उनले नै नेतृत्व गरेको साउँदसँग असन्तुष्ट पक्षको आरोप छ ।

शाही र रायमाझी अहिलेसम्म महाधिवेशन प्रतिनिधि नै नभएको तरुण दलको एक सदस्यले जानकारी दिए । तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ ।

त्यस्तै, पार्टीको भगीनी संगठन महिलाको भदौ २९ देखि सुरु हुने महाधिवेशनबाट नेतृत्व लिन धना खतिवडा, रुक्मिणी कोइराला, मीना पाण्डे, मालती सोडारी, मञ्जु खाँण, जानकी सिंहसहितका नेत्री आकांक्षी छन् । नागरिकमा समाचार छ ।

देउवा पक्षले पार्टी पूर्व कोषाध्यक्ष चित्रलेखा यादवलाई संघको नेतृत्वका लागि मनाउने प्रयास गरी छभने पौडेल पक्षले कोइराला र पाण्डेमध्य एकलाई उम्मेदवार बनाउने छ । ३१ गतेसम्म चल्ले महाधिवेशनमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २ सय ४४ प्रतिनिधि सहभागी हुने छन् ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्