Logo
१५ बैशाख २०८१, शनिबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघोषित एजेन्डामा सविंधान संशोधन र पशुपती पुर्णनिर्माण ! (IN Depth)

prachandaindia-1437147359

काठमाडौं । निकै महतवकाक्षी भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी त्रीव पारिएको छ । औपचारिक निर्णय नभएपनि भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने लगभग तय मानिएको छ । तर मन्त्रीपरिषदको बैठकले भने निर्णय गरेको छ्रैन् । भ्रमण निश्चित भएकाले आवश्यक तयारी भने भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याले बताए ।

उनका अनाुसार भारत भ्रमणमा प्रस्तुत गर्ने ‘एजेन्डा सेटिङ’ का लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा विभिन्न मन्त्रालयहरुले गृहकार्य थालेका हुन् । प्रधानमन्त्रीले नयाँ योजनाहरुमा सम्झौता भन्दा पनि यसअघि सम्झौता भएका पुराना र अधुरा रहेका योजनाहरुलाई अघि बढाउन जोड दिने उद्धेश्य रहेकोले सोही अनुसार गृहकार्य थालिएको हो ।

भोली परराष्ट्रमन्त्री भारत जादै
यता, प्रधानमन्त्री दाहालको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री प्रकाशशरण महत भोली भारत जादै छन । प्रधानमन्त्री दाहालको भ्रमणको एजेण्डाको बारेमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहे पनि कतिपय महत्वपूर्ण एजेण्डालाई कसरी अगाडि बढाउने भन्ने टुंगो लगाउन महतले भ्रमण गर्न लागेको अधिकारीहरुको भनाइ छ ।

यस अघि प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पनि दाहालको भ्रमणको एजेण्डाको बारेमा भारतीय पक्षसाग प्रारम्भिक कुराकानी गरेका थिए । सोमवार महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गर्ने छन् ।

यस्ता छन एजेण्डाकाः
भारतिय श्रोतका अनुसार महत्वपूर्ण एजेण्डाको रुपमा यसपटक हुलाकी रोड हुने छ । प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेण्डाहरुमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई अन्तिम रुप दिने एजेण्डालाई पनि विशेष बनाइएको छ । श्रोतले भन्यो ‘पर्याप्त तयारी नहुादा अन्तिममा कतिपय विषय नमिल्ने भएकाले तयारीका लागि महतले भारतको भ्रमण गर्न लागेका हुन् ।’

त्यस्तै, भारतले भूकम्प पीडितको लागि उपलब्ध गराउने रकम अनुसारको विस्तृत कार्यक्रमहरुको रुपरेखालाई अन्तिम रुप दिने भ्रमणको अर्को महत्वपूर्ण एजेण्डा मानिएको छ । नेपाल पुर्ननिर्माण प्राधिकरणले यस विषयमा विस्तृतमा गृहकार्य गरिरहेको छ । श्रोतले भन्यो ‘भूकम्प पीडितलाई घर निर्माणको लागि थप एक लाख दिने घोषणा गरेका प्रधानमन्त्री दाहालले त्यसका लागि भारतसँग सहयोगको अपेक्षा गरेका छन् ।’

त्यस्तै भ्रमणको अर्को सम्भावित एजेण्डा भनेको क्रस बोर्डर रेलवेलाई अन्तिमरुप दिने पनि बतायएको छ । त्यसैगरी, रेडियो नेपाल र अलइन्डिया रेडियोका बीचमा समझदारीपत्रमा समेत प्रधानमन्त्रीको भ्रमणको समयमा सझदारी हुने छ । यसबारे यसअघि पनि कार्ययोजना बनाउने सम्झदारी भइसको हो ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उठाउने विषयबस्तुका बारेमा सम्बन्धित मन्त्रालयले भ्रमणका क्रममा उठाउनुपर्ने प्राथमिकताका क्षेत्र, यसअघि भएका सम्झौताको अहिलेको अवस्थाबारे प्रारम्भिक रिर्पोट बनाएर परराष्ट्र मन्त्रालयलाई दिने र त्यस पछि प्रधानमन्त्रीको एजेण्डा निर्माण हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. ऋषी अधिकारीले जानकारी दिए ।

यता प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोली निमार्णका लागि पनि गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका अधिकारीहरु, उद्योगी व्यापारी र सञ्चारकर्मीको टोली जाने छ । भ्रमणका क्रममा नेपालले प्रस्तुत गर्ने एजेन्डा तय भईनसके पनि भारतीय पक्षले भने नेपालका लागि सहयोग पु¥याउने बिषय भने निश्चित गरेको छ ।

ग्यास भण्डारण र पाइपलाइन:
प्रधानमन्त्री दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारण स्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने बतायइको छ । नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारणस्थल नहुँदा सहजै ग्यास उपलब्ध गराउन कठिन भएपछि सरकारले प्रधानमन्त्री भ्रमणलाई त्यसका लागि उपयोग गर्ने तयारी थालेको हो ।

निजी उद्योगीले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट एलपी ग्यास ल्याएर बेच्दै आएकोमा निगमले ३५ हजार मेट्रिकटन क्षमताको भण्डारण बनाउन प्रस्ताव गरेको छ । आपूर्ति मन्त्रालय हुँदै परराष्ट्रमार्फत प्रस्ताव तयार पारी पेट्रोलियम पाइपलाइन क्षमता बढाउन आग्रह गर्ने बताइएको छ ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाँदा इन्धन सम्झौता गर्ने योजना बनाएका थिए । इन्धन सम्झौता गर्न नसकेपछि बेइजिङबाट फर्किंदा पेट्रोलियम भण्डारण र अन्वेषणमा चीनले सघाउने आश्वासन पाए पनि अहिलेसम्म काम अघि बढेको छैन ।

उपभोक्तालाई हरक्षण ग्यास उपलब्ध गराउन पुग्ने गरी ३५ हजार मेट्रिकटन क्षमताको भण्डारणस्थल बनाउन मन्त्रालयमा प्रस्ताव गरिएको निगम प्रवक्ता भानुभक्त खनालले बताए । उनका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धनजस्ता पेट्रोलियम भण्डारण गरेर बेच्दै आए पनि निगमसँग अहिलेसम्म ग्यास भण्डार गर्ने ठाउँ छैन ।

नेपालमा मासिक करिब २९ हजार मेट्रिकटन ग्यास खपत हुन्छ । निजी उद्योगको भण्डारण क्षमता पर्याप्त नरहेकाले कम्तीमा चार महिना पुग्ने गरी भण्डारणस्थल बनाउन सरकारले पहल थालेको हो । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत सरकारलाई ग्यास भण्डारण व्यवस्था गर्न निर्देशन दिएको छ ।

भारतको तर्फबाट प्रस्तावः
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालका गर्ने सहयोगबारे लगभग पक्कापक्की गरेको छ । समाचार श्रोतका अनुसार भारतले लुम्बिनी तथा पशुपति नाथको मन्दिर आसपासमा भौतिक सुधारका साथै केही विकास निमार्णका काममा सहयोग गर्ने निश्चित भएको हो ।

यी हुन महत्वपुर्ण एजेण्डाहरुः
–गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा रातीको समयमा सबैतिर प्रकाश पुग्ने गरी बत्तीको ब्यवस्था ।
–अधुरो रहेको हुलाकी राजमार्गको काम अघि बढाउने ।
–लुम्बिनीमा सभाहलको निमार्ण गर्ने ।
–नेपाल भारतको प्रमुख ब्यापारिक नाका झापा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज लगायतका स्थानसम्म रेलमार्ग जोड्ने ।
–प्रहरी तालिम केन्द्रको स्थापनामा सहयोग गर्ने ।
–पशुपतिनाथको मुख्य मन्दिर बाहेक पशुपति क्षेत्रको पुनर्निमार्ण र संरक्षणमा सहयोग गर्ने ।
–माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको काम अगाडि बढाउने बारे पुनरावलोकन गर्ने ।
–हुलाकी रोडको दोश्रो चरणको काम अघि बढाउने ।
–तल्लो अरुण ४ सय मेगावाटको जलविद्युत आयोजना शूरु गर्ने ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्