Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिन मौन: आणविक परीक्षणको विश्वभरका नेताद्वारा निन्दा

videsh-news

दक्षिण कोरिया, एपी । उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौँ आणविक परीक्षणको विश्वका नेताद्वारा निन्दा भएको छ । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट, र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका विश्वका नेताले निन्दा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताउनुभएको छ । उहाँले थप नयाँ किसिमका प्रतिबन्ध पनि उत्तर कोरियाले सामना गर्नुपर्ने बताउनुभयो । उत्तर कोरियाले शुक्रबार पाँचौँ आणविक परीक्षण गरेपछि जापानी प्रधानमन्त्री आवे तथा दक्षिण कोरियाली राष्ट्रपति पार्कसँग टेलिफोन वार्ता गर्नुभएको बताइएको छ ।

उक्त अवसरमा राष्ट्रपति ओबामाले आफू जापान तथा दक्षिण कोरियासँग सहकार्य गर्दै उत्तरका यस्ता गतिविधिलाई सामना गर्ने बताउनुभएको थियो । शुक्रबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको रसियाले पनि निन्दा गरेको छ । चिन भने मौन भएको छ ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्