Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशीको मागहरु सम्बोधन नभए संविधान कार्यान्वयन हुदैैन‘

abc-news-2

काठमाण्डौ । मधेशी पत्रकार समाज र एबिसि टेलेभिजनको संयूक्त आयोजनामा मधेशबारे रहेका बिभिन्न समस्याका कुराहरु सार्वजनिक गर्ने प्रयास गरिएको छ ।

‘संविधानका विवादित बिषय र समाधान को बाटो’ भन्ने बिषयमा काठमाण्डौ स्थित भृकुटमिण्डपमा बृहत अन्तरकृयाको आयोजना गरिएको हो ।

कार्यक्रममा मधेश केन्द्रित शिर्ष दलका शिर्ष नेताहरु सहित बिभनन बौद्धिक जगतका ब्यत्तिहरुको उपस्थिती रहेको छ । एबिसि टेलिभिजन लगायतमा उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ ।

कार्यक्रममा सदभावना अध्यक्ष राजेन्द्र महतो, तमलोपा नेता ह्देश त्रिपाठी, तमसपा अध्यक्ष महेन्द्रराय यादव, नेसपा अध्यक्ष अनिलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिसोर यादव लगायतका नेताहरु सहभागी भएका छन ।

कार्यक्रममा डा. सुन्दरमणी दिक्षित, परराष्टबिद रमेशनाथ पाण्डे लगायतले पनि मधेशलाई संम्बोधन गर्नुको कुनै बिकल्प नरहेको बताए ।

मधेशवादी दलहरुले उठाएका जायज मागहरुलाई सम्बोधन नगरे संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । उनीहरुले आफुहरु बारम्बार लचकता साथ प्रस्तुत भए पछि ठुला दलहरु अझै पनि आफ्नो प्रष्ट धारणा बाहिर नल्याएको बताए ।

वर्तमान सरकार बनाउन मधेशवादी दलको भुमिका रहे पछि अझै सम्म संविधान संशोधनको बारेमा केही प्रगति नभएको बताए । उनीहरुले वर्तमान सरकार प्रति अझै पनि विश्वास रहेको जोड दिँदै प्रचण्डले अब छिटो भन्दा छिटो मधेशी मोर्चाको समेत समर्थनमा संसदमा संशोधन प्रस्ताव पेश गर्नु पर्नेमा जोड दिए ।

परराष्टबिद रमेशनाथ पाण्डे ले संविधान संशोधन नगरी मधेशी, आदिवासी जनजातीको आवाजलाई सम्बोधन नगरे भोलि देशको अखण्डता माथि समेत खतरा उत्पन्न हुन सक्ने तफ सचेत गराए । उनले भने, विश्वको विभिन्न ईतिहास बात पाठ सिक्न समेत ठुला दलका नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्