Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाखौै रुपैया ठगी गर्ने यसरी परे प्रहरी फन्दामा

pakraus

रौतहट, अभिमनु पटेल । लाखौ रुपैया ठगी गरेको अभियोगमा रौतहट प्रहरीले आजएकजनालाई सार्वजनिक गरेको छ । विभिन्नकामको प्रलोभनदिएर सर्वसाधारणहरुलाई ठगी गर्दै आएको जिल्लाको गौर नगरपालिका वडा नं ८ काबिनोद गिरीको ३७ वर्षिय छोरा मिरन शेखर गिरी भन्ने शिशु गिरीलाई प्रहरीले पक्राउगरेर सार्वजनिकगरेको छ ।

विभिन्नकामको प्रलोभन देखाएर जिल्लाको बडहर्वा, ब्रहमपुरी लगाएतकागाविसहरुको सर्वसाधारणबाट विभिन्नमितिमा ३ लाख २४ हजार भन्दा बढी रकमलिएको आरोपमागिरीलाई जिल्लाप्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पिडितहरुले दिएको जाहेरीको आधारमाजिल्लाप्रहरी कार्यालय गौरबाट गएको टोलीले निजलाई यहिभदौ १८ गते कक्राउ गरेको थियो तर आजशुत्रवार मात्रजिल्लाप्रहरी कार्यालयमापत्रकार सम्मेलन गरेर सार्वजनिकगरिएको प्रहरीले जनाएको छ ।

गिरीले म एउटा जनचेतनामहिलासिलाई केन्द्रको कर्मचारी हु भन्दैतपाईहरुलाई म सिलाईको तालिम गराईदिन्छु भनेर त्यस वापत २२५ जनामहिलसँग १ हजार ३ सय ५० रुपैयाका दरले ३ लाख ३ हजार ७५० रुपैया, त्यस्तै संजय कुमार सिंहलाई जनचेतना केन्द्र मानियुक्तिदिलाई दिन्छु भनेर उहासंग २० हजार रुपैया ठगी गरी फरार भएको थियो ।

पिडितहरुले आफुहरुलाई विभिन्नकाम गराउने भन्दै प्रलोभन देखाएर गिरीले ठगी गरेको भनेर प्रहरीलाई उजुरी गरेकाथिए । प्रहरीले पक्राउ परेकागिरीलाई जिल्ला अदालतबाट म्यादथप गराई अनुसन्धानकार्य थालेको जिल्लाप्रहरी कार्यालय रौतहटका प्रहरी नायबउपरीक्षकनविन कृषण भण्डारीले बताउनु भएको छ ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्