Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यले मुद्रण मैत्रीनीति नल्याएका कारण उद्योग धरासायी

printing-association-ktm-3

काठमाडौं । करिव २०० भन्दा वढी मुद्रण उद्योगीहरुको उपस्थितीमा काठमाडौं जिल्ला मुद्रण उद्योग संघका वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  डा. हरि लम्साल शिक्षा सचिब को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अरवौंको लगानी र लाखौंको रोजगारीको अवसर श्रृजना गरेको भएतापनि राज्यले मुद्रण मैत्रीनीति नल्याएको कारणले उद्योग धरासायी हुंदै गएको गुनासो सहभागी सदस्यहरुले यस सम्वाददातालाइ वताए ।

केही भारतमुखी प्रकाशकहरुको आर्थिक स्वार्थका कारण नेपाली पाठ्यपुस्तक तथा पाठ्य सामाग्रीहरु भारतमा छपाइ गरी ल्याउने गरेकोले स्थानीय मुद्रण उद्योगी तथा रोजगारीलाइ असर परेको छ विदेस लगी छपाउने कार्य रोक लगाउनु पर्ने स्पष्ट व्यवस्था मस्यौदा भइरहेको राष्ट्र्यि पुस्तक नितीमा समावेस हुनुपर्ने सुझाव मस्यौदा समितिलाइ वुझाइ सकिएको खुलासा मुद्रण उद्योग महासंघका अध्यक्ष माधव के.सीले बताए ।

उद्योगीहरुले सरकारलाइ सांचो वुझाइ आन्दोलनमा उत्रिने चुनौती दिंदै जनतालाइ रोजगारी, विद्यार्थीहरुलाइ समयमा हातहातमा किताव र सरकारलाइ राजश्व वृद्धी हुनेगरी मुद्रण मैत्री नीति वनाउन के ले रोकेको छ भनी प्रश्न गरे । कितावहरु छपाइ गर्नको निमित्त आवश्यक कच्चापदार्थहरुमा भन्सार सुल्क लाग्ने तर त्यही किताव विदेसवाट छपाइ गरी ल्याउंदा भन्सार सुल्क नलाग्ने सरकारी नितीले गर्दा मुद्रण उद्योगहरु धरासायी हुंदै गएको छ विदेसवाट छपाइ भइ आउने जुनसुकै सामाग्रीमापनि भन्सार लिनुपर्ने धारणा काठमाडौं मुद्रण संघका अध्यक्षले बताएका हुन ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्