Logo
१३ बैशाख २०८१, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्रीसग भेटवर्ता गरिरदा ठाकुरको घरमा लुटपाट !

फाइल फोटो
फाइल फोटो

काठमाडौं २४ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको ठिमि स्थित घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको छ ।उनका सहयोगी सतेन्द्र मिश्राका अनुसार  करिब तीनजनाको समुहमा आएका व्यक्तिहरुले ठाकुरलाई भेट्नु छ भन्दै घर भित्र प्रवेश गरी ठाकुर की छोरी मिनाक्षीको आँखामा खुर्सानीको धुलो छरेर ब्रिफकेस लुट्ने प्रयास गरेका थिए ।

मिनाक्षी र लुटेरा बिच केही बेर ब्रिफकेस खोसाखोस भएको र मिनाक्षी लडेर टाउको र हातमा चोट लागेको छ । उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए ।

सानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए । पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए । जतिबेला घरमा छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन् ।

चोरहरुको समूहले ठाकुर आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ । चोरहरुको समूहले बि्रफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो  र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ । यो खबर बालुवाटारमा रहेका तमलोपा अध्यक्ष ठाकुरका सहयोगी मिश्रा कहाँ पुग्यो ।

उनले बैठक कक्षमै प्रवेश गरेर घटनाबारे जानकारी गराएपछि प्रहरी प्रमुखलाई खबर भएको थियो ।  शुक्रबार साँझ ७ बजेर २५ मिनेटमा नकावधारी एक व्यक्तिले ठाकुरकी छोरी डा. मीनाक्षी र घरमा काम गर्ने कामदार रमेश यादवलाई नियन्त्रणमा लिएर लुटपाट गरेका भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

प्रतिकारमा डा. मीनाक्षी घाइते भएकी छन् । छुरा प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि एभरेस्ट अस्पताल भर्ना गरिएको थियो । अहिले एमआरआईका लागि ग्रान्डी अस्पताल लगिएको छ । प्रहरीका अनुसार लुटेराले एउटा ब्रिफकेस लिएर भागेका छन् ।

अध्यक्ष ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा थिए । बैठक बसिरहेकाबेला नै घटनाको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगै एउटै गाडीमा अस्पताल पुगेका थिए । घाइते मिनाक्षी पूर्वमन्त्री उमाकान्त झाकी बुहारी समेत हुन् ।

मिनाक्षीको फाइल फोटो :

minakshi

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्