Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्यामसुन्दर गुप्ता प्रकरणमा यस्तो पो गुप्तगू भएछ त !

upendrakant-aryal

भुपेन्द्र आचार्य, अरु बाबुको मुख हेर्छन्, आइजीपी अपराधीको । यो पनि रमाइलै घटना हो । किनभने तिनै श्यामसुन्दर गुप्ता ३ वर्षे जेलबाट निस्कदा गलाभरि माला लगाएर निस्केका थिए । जसरी जयप्रकाश गुप्ता जेलबाट निस्कदा जयजयकारको नारा नै लागेको थियो । कस्तो देश होला यो ?

आइजीपी उपेन्द्रकान्त अर्याल अवकाश हुनुअघि जो हात सो साथ गर्न थालेका छन् । हेडक्वार्टरमा अनेक भ्रष्टाचार भइरहेका छन् र थुप्रै मुद्दा लेखासमितिदेखि अख्तियारसम्म पनि परेका छन् । तैपनि अख्तियार प्रमुखलाई महाभियोग र राजनीतिक अस्थिरता बढिरहेको मौका छोपेर आइजीपी राम्रै कमाई गरिरहेका छन् । यिनको ०६५ सालको फाइल तोमेलीमा छ, ०७३ को फाइल अख्तियारले खोल्नै भ्याएको छैन ।

यस्तो बेलामा हत्यारा रञ्जन खनालकी पत्नीको अपहरण काण्डमा समेत मुछिएर पक्राउ परेका अपहरणकारी, ब्ल्याकमेलर र बिचौलिया पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, उनका सहयोगी इन्सपेक्टर अनिल ? आइजीपीले गुप्ता र अनिल पण्डितलाई भेटे, कुरा पनि गरे । यी सबै गुप्तगू नै रह्यो ।

बाहिर निस्कदा सबैले सुन्नेगरी आइजीपीले एसएसपी पीताम्बर अधिकारीलाई आदेश दिए– अनुसन्धानमा कुनै कमी नहोस्, यी समाजका धमिराहरु उम्किन नपाउन् नि ? एसएसपी अधिकारीले हस् साव भनेर स्यालुट ठोके । आइजीपी हात्तीगौंडातिर लागे ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्