Logo
८ बैशाख २०८१, शनिबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डा अप्रेशन: तर ज्वाइँजस्तै ठाँटिएर डन अदालतमा !

Deepak-manange-2

काठमाडौं । ठमेल क्षेत्रलाई आफ्नो आधार इलाका बनाई गुण्डागर्दीमा सक्रिय बन्दै आएका दिपक मनाङ्गेलाई महानगरिय प्रहरी परिसर काठमाडौंले संगठित अपराधको मुद्दा दर्ता गरेकामा सो मुद्दालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरी अनुसन्धान थालेको छ ।

सोही क्रममा आज बिहीबार दिपक मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । आज दिपक मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको इजलास नं. ३१ मा देख्दा उनलाई ज्वाइँकै सम्मान दिएको भान भइरहेको छ । वास्तवमा जेल जीवन विताइरहेका व्यक्तिहरुलाई घडी, चस्मा, सिक्री, बेल्ट, औठीजस्ता वस्तुहरुको प्रयोग गर्न दिइँदैन । तर, मनाङ्गे भने कालो चस्मा, सिक्री, चाँदीको रातो इउ भएको औंठी, खैरो स्टकोट, खैरो नै पाइन्छ र बेल्टमा सज्जिएर अदालत होइन ससुराली आएको ज्वाइँजस्तो देखिएको छ ।

यसरी जेलमा बस्दा प्रतिबन्धित बस्तुहरु किन मनाङ्गेलाई पहिरन दिइएको छ ? जेलका सुरक्षाकर्मीप्रति गम्भीर प्रश्न खडा भएको छ । मनाङ्गेलाई जेलमा भेट्न जाँदा प्रहरीको आँखाको तारो बन्ने डरले गुण्डाहरु अदालतमा भेट्न ताँती लागेर आइरहेका छन् । यो समाचार तयार पार्दासम्म मनाङ्गेलाई भेट्न सयौं गुण्डाहरु जिल्ला अदालत काठमाडौं परिसरमा जम्मा भइरहेका छन् ।

मनाङ्गेलाई महानगरिय प्रहरी परिसर काठमाडौंले संगठित अपराधको आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेपछि अहिले गुण्डाहरुको सात्तो उडेको छ ।  राजधानीमा गुण्डार्दी, अपहरण, चन्दा आतंक मच्चाउने गुण्डाहरुलाई काठमाडौं प्रहरी परिसरले सुक्ष्म निगरानी राखी उनीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने एसएसपी विक्रम सिंह थापाले बताए ।

मनाङ्गेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएपछि महाराजगंज एरियामा आफ्नो आधार इलाका बनाउँदै आएका चक्रे मिलन यतिबेला भूमिगत नै छन् । चक्रेले आफ्नो गतिविधि भूमिगतरुपमै गरिरहेको उजुरी काठमाडौं प्रहरीमा आएको काठमाडौं प्रहरीले खोजतलासलाई बताएको छ । काठमाडौं प्रहरीका अनुसार चक्रेले यसरी भूमिगत शैलीमै आफ्नो धन्दा संचालन गरिरहेको उजुरीहरु आएको छ, हामीहरुले त्यसको सुक्ष्म अनुसन्धान गरिरहेका छौं, यस्तो गतिविधि गरी व्यवसायी, व्यापारी, ठकेदारलाई आतंकित पार्दै गए इन्काउन्टर गर्न पनि पछि नपर्ने काठमाडौं प्रहरीले बताएको छ ।

स्मरणीय छ, चक्रेविरुद्ध अपराध महाशाखामा ठेकेदारहरुले लिखित र मौखिक उजुरी गरेपछि चक्रेले त्यस्को सुइँको पाएपछि अहिले भूमिगत भएको बताइएको छ । गैरकानुनी गतिविधि गर्दै आएका चक्रेले दुःख दिएको भन्दै उनीहरुले प्रहरी सक्षम उजुरी दिएको महाशाखा स्रोत बताउँछ । गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ का सहयोगी शान्ता महर्जन, प्रतिक हवल्दार, काभ्रेली समूहका दावा लामा, सञ्जिव लामा, चक्रेका सहयोगी दीपक तालुहरुको जगजगी बढेपछि अहिले काठमाडौं प्रहरीलेयि गुण्डाहरुलाई पनि गोप्य रुपमा निगरानी बढाएको बुझिएको छ ।

तर, प्रहरीले गुण्डाहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन खोजिरहेको अवस्थामा विभिन्न राजनीतिक दलका नेताहरुले गुण्डालाई नै संरक्षण गरी प्रहरीलाई छाड्न दवाव दिने गरेको पाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले गुण्डालाई संरक्षण दिएर राजनीति सुरक्षित हुन्छ भन्ने ठान्ने नेताहरुको लागि र्दुभाग्य हुने बताउनुभएको छ । मेरो मान्छे भन्दै फोन गरेर अब कोही अधिकृत नतर्सने भन्दै गैह्र कानुनी लिंकका प्रमाण भेटे उल्टै अनुसन्धानको दायरामा तान्ने चेतावनी एसएसपी थापाले दिनुभएको छ ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्