Logo
१५ चैत्र २०८०, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता !

upendra-yadav-
भैरहवा २३ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रचण्ड नेतृत्वको सरकारले केही दिनभित्रै संविधान संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

अहिलेको सरकार जिम्मेवार बन्न नसके र संविधान संसोधनमा ढिला सुस्ती गरि अन्त्यमा नगर्ने मानसिकतामा गएको खण्डमा मधेशी मोर्चा र गठबन्धनले दिएको समर्थन फिर्ता लिने बताए ।

भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्तमान सरकारलाई मधेशको समस्या हल गर्नका लागि समर्थन दिएको बताउँदै समस्याको समाधान नभए समर्थन फिर्ता लिने बताए ।

यादवले भारत भ्रमण अघि नै संविधान संशोधन गरि र मधेशलगायतका मुद्दालाई संबोधन गर्न प्रधानम्न्त्रीलाई दिदै भने ‘संविधान निर्माणलाई लिएर र आन्दोलनका कारण, संविधान र बिषयबस्तु लगायतका कारणले भारतसँगको सम्बन्धलाई पछिल्लो ओलीको सरकारले बिगार्ने काम मात्र गरेको छ ।’

यादवले अगाडि भने ‘अहिलेको सरकारले यी दुई देशको सम्बन्ध सपार्ने हो भने संविधान संसोधन गरेर र मधेशलगायतका मुद्दालाई संबोधन गरि मात्र भारत जानु पर्छ ।’

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्